मन्थली बजार सुनशान

२५ भाद्र २०८२, बुधबार


मेरो प्रदेश डेक्स
मन्थली, भाद्र २५
अन्य दिन सवारी साधन र सर्वसाधारणको कारण चहलपहल हुने मन्थली बजार बुधबार सुनसान देखिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा (कफ्र्यू) लगाएपछि बजार सुनशान बनेको हो ।
जेनजी आन्दोलन नियन्त्रण गर्न र आपराधिक गतिविधि हुन नदिन नेपाली सेना परिचालन गरी कफ्र्यू लगाइएपछि बजारको चहलपहल हराएको छ ।
कफ्र्यू लागेपछि सवारीसाधनहरु चल्न सकेका छैनन्, सर्वसाधारणको आवातजावत रोकिएको छ । कफ्र्यूका कारण व्यापारव्यवसाय प्रभावित भएको छ । यसैगरी मजदुरी गरी छाक टार्नेहरुलाई कफ्र्यूको प्रत्यक्ष असर परेको छ । बजारमा रहेका सरकारी कार्यालयहरु पुरै बन्द छन्, भने शैक्षिक संस्थाहरु पनि ठप्प छ । यस्तो विषम परिस्थितिमा जिल्लाको शान्ति सुरक्षा कायम राख्न सयौँ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको स्थानीयले बताएका छन् । त्यसै प्रहरीले माइकमार्फत अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिरहेको छ ।
जेनजी आन्दोलनले देशमा बितण्डा मच्चाइरहेको बेला रामेछापमा पनि यसको प्रभावले आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले गएरातिदेखि कफ्र्यू लगाएको हो । जिल्ला प्रशासन कार्यालयले बिहान सूचना मार्फत गएराति १० बजे देखि सुरु भएको कफ्र्यू आज दिउँसो १२ बजे सम्म रहने जानकारी दिएको छ । परिस्थितिको मुल्यांकन गरी निषेशाज्ञा थप्ने वा हटाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
मन्थली नगरपालिका वडा नं. २ आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिका वीचको सुकाजोर खोला पुल (बिटारसम्म ), मन्थली खुर्कोट सडक खण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदनआश्रित चोक हुँदै सानीमदौ सीटिइभिटिइसम्म), मन्थली नगरपालिका वडा नं. १ का सबै क्षेत्र र रामेछाप नगरपालिका वडा नं. ८ भंगेरी देखि गौरीशंकर मा.वि. तथा रामेछाप अस्पताल क्षेत्रभित्र कफ्र्यू लगाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...