रामेछापमा जेनजीको शान्तिपूर्ण प्रदर्शन

२४ भाद्र २०८२, मंगलवार

मेरो प्रदेश डेक्स
मन्थली, भाद्र २४
रामेछाप सदरमुकाम मन्थलीमा भ्रष्टाचार र सोमबारको आन्दोलनमा ज्यानै जाने गरी भएको घटनाको विरोधमा जेनजीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । केपी ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका हुन्।
सोमबारदेखि देशभर आन्दोलनका गतिविधिहरू सञ्चालन भए पनि रामेछापमा मंगलबारबाट मात्र यसको प्रभाव देखिएको हो । प्रदर्शनकारीहरूले यस आन्दोलनले राज्यलाई जिम्मेवार बनाउन दबाब पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार बिहान १० बजे देवकोटा चोकमा भेला भएका युवाहरूले नाराबाजीसहित बजार परिक्रमा गरेका थिए । उनीहरू जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले मूल गेटबाटै रोकेको थियो । त्यसपछि जुलुस मन्थली नगरपालिका कार्यालयतर्फ मोडिन खोज्दा त्यहाँ पनि प्रहरीले अवरोध गरेको थियो । अन्ततः जुलुस पुनः देवकोटा चोकमै फर्किएर शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
अन्य जिल्लाहरूमा जेनजी आन्दोलनले उग्र रूप लिइरहँदा मन्थलीको प्रदर्शन भने शान्त र संयमित देखिएको हो । न्यून संख्यामा युवाहरूको सहभागिता रहे पनि यसले स्थानीय स्तरमा भने केही प्रभाव पारेको स्थानीय बासिन्दाहरू बताउँछन् । आन्दोलनकारीहरूले सोमबारको घटनामा ज्यान गुमाएका १९ जनाको लागि न्याय र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
आन्दोलन अन्तर्गत मंगलबार साँझ देवकोटा चोकमै सोमबारका मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरिने र बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिने जेनजी आन्दोलनका अगुवा डेनिस भण्डारीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...