सामाजिक सञ्जाल बन्दले पर्यटन व्यवसाय ठप्प, व्यवसायीले निर्णय फिर्ता गर्न सरकारसँग माग

२२ भाद्र २०८२, आईतवार

काठमाण्डौं । नेपाल सरकारले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठुलो असर परेको व्यवसायीहरूले बताएका छन्। पोखराका व्यवसायीहरूका अनुसार सामाजिक सञ्जालमा आधारित सेवा र कारोबार ठप्प भएपछि पर्यटकहरूले बुकिङ गर्न छाडेका छन् भने पहिले गरेका बुकिङहरू रद्ध गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले सामाजिक सञ्जाल बन्दले व्यापार व्यवसायमा ठूलो प्रभाव पारेको र लाखौं नागरिकको दैनिकी तथा रोजगारीमा अप्ठेरो सिर्जना भएको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ कि “सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरू प्रभावित भएका छन्। यसले लाखौं नागरिकको दैनिकी, रोजगार र रोजगारीमाथि प्रत्यक्ष असर पारेको छ। घुम्न आउने पर्यटकहरूले बुकिङ गर्न छाडेका छन् भने पहिलेका बुकिङ रद्ध गर्न थालेका छन्।”

महासंघले विश्वभर रहेका व्यावसायिक संस्थाहरू बीचको सम्पर्कमा समेत असर परेको बताएको छ। सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न कानुन निर्माण आवश्यक रहेको स्वीकार गर्दै पनि, पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति असहमति जनाएको छ। महासचिव गौतमले भने, “नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्रभावित गर्नु कानुनी शासन र लोकतान्त्रिक मूल्य विपरीत छ। सरकारले पुरानो २०६३ सालको कानुनको आधारमा सामाजिक सञ्जाल बन्द गर्ने निर्देशिका जारी गर्नु व्यवसायी र आम नागरिकको पक्षमा होइन।”

फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले बताए, “सिजन सुरु हुन लाग्दा सामाजिक सञ्जाल बन्द भएपछि व्यावसायिक सम्बन्ध नै टुटेको छ। फेसबुक र ह्वाट्सएपबाट हाम्रो अधिकतम सम्पर्क र व्यवसायिक कुराकानी हुन्थ्यो, अहिले त्यो सम्भव छैन। पर्यटकले सामाजिक सञ्जाल नचल्ने देशमा किन आउने भन्ने प्रश्न गर्न थालेका छन्।”

व्यवसायीहरू सरकारको निर्णयले गण्डकी प्रदेशको पर्यटन उद्योग, होटल, ट्राभल एजेन्सी र विभिन्न सेवा क्षेत्रमा ठुलो नोक्सानी पुगेको बताउँदै तत्काल सुधार र सामाजिक सञ्जाल सञ्चालनको विकल्पसहित नियमन प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

शनिबारदेखि परेको अविरल वर्षा र रोशी खोलाको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड सोमबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार साँझसम्म सडक खुलाउने प्रयास गरे पनि पुनः वर्षा भएपछि डाइभर्सन निर्माणमा अवरोध पुगेको हो। विशेषगरी...

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

- किरण गिरी हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने - यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन - २१ फाल्गुनको चुनावमा आयो त ।उनीहरुले फेरि...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...