वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्योग, बागलुङमा एक करोड लगानीको साबुन उत्पादन सुरु

२२ भाद्र २०८२, आईतवार

काठमाडौं, २२ भदौ । वैदेशिक रोजगारीको लहर चलेकै बेला बागलुङका दुई युवा भने स्वदेशमै उद्यमशीलताको बाटो रोज्दै उद्योग स्थापनामा होमिएका छन्। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर साबुन उद्योग सञ्चालनमा ल्याएका हुन्।

स्नाकोत्तर अध्ययन सकेर साथीभाइ विदेशिन थाले पनि तीर्थ र ताराले त्यसको विकल्प रोजेनन्। परिवारका सदस्यहरूले समेत ‘देशमै केही गरेर भविष्य सुरक्षित हुन्छ र?’ भन्ने प्रश्न उठाए। तर उनीहरू आफ्नो सोचमा अडिग रहे। अन्ततः गाउँमै बसेर उद्योग सुरु गर्ने उनीहरूको सपना २०८० सालमा साबुन उत्पादनमार्फत साकार भएको हो। अहिले उनीहरू दुई वर्षे छोरासहित उद्योगलाई विस्तार गर्ने योजनामा व्यस्त छन्।

टिएण्डटी म्यानुफ्याक्चरिङ नाम दिइएको यो उद्योगबाट हाल छ जनाले रोजगारी पाएका छन्। उद्योगले उत्पादन गर्ने ‘कालिका साबुन’ बागलुङका गलकोट, बुर्तिबाङ, कुश्मिसेरा र बरेङका बजारमा मात्र होइन, म्याग्दी र पर्वतसम्म आपूर्ति भइसकेको छ। सुरुमा ५० लाख रुपैयाँ लगानी गरेर दर्ता गरिएको उद्योग हाल एक करोडभन्दा बढी पूँजीसहित सञ्चालनमा छ।

उद्योगका सञ्चालक तारा शर्माले यो यात्रा सजिलो नभएको स्वीकार्छिन्। उनी भन्छिन्, “विदेश जाने लहर त छ तर हामीले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच बनायौँ। नयाँ कामको सुरुआत आफैंबाट गर्नुपर्छ भन्ने मान्यता राखेर हामी अघि बढेका हौँ। यस उद्योगले गाउँकै स्थानीयलाई रोजगारी दिन थालेको छ।”

सञ्चालक तीर्थ गौतमले आवश्यक कच्चा पदार्थ प्रायः भारत र केही काठमाडौंबाट ल्याउनुपर्ने बताउँछन्। वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने उद्योगले दुई सय ग्राम तौलको कपडा धुने साबुनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएको छ। उनका अनुसार उत्पादनमा मात्र नभई गुणस्तरमा पनि विशेष ध्यान दिइएको छ।

आगामी वर्षहरूमा साबुनसँगै सरफ, हार्पिक र कुलिनजस्ता सरसफाइ सामग्री पनि उत्पादन गर्ने योजना रहेको उद्योगले जनाएको छ। स्वदेशमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योगले वैदेशिक रोजगारीमा निर्भर रहनुपर्ने बाध्यता केही हदसम्म कम गर्ने विश्वास सञ्चालक जोडीले लिएका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...