सरकारले कृषिमा बिदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय फिर्ता लिन माग

Written by meropradesh creator

३ माघ २०७७, शनिबार

रामेछाप । नेपाल डेरी एशोसियसन रामेछापले संसद बिघटनपछि केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय गलत भएको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
नेपाल डेरी एसोसिएसन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो । २०७५ सालमा मात्र कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय मन्त्री परिषद्ले गरेपछि सो बिषयमा कृषिसँग सम्वन्धित विभिन्न संघ÷संघठनले विरोध जनाएपछि संसदिय समितिको पहलमा तत्काल नै संसदवाट नै सो निर्णय खारेज भएको थियो ।
सो निर्णयलाई अहिलेको वर्तमान केपी शर्मा ओलीको संसद विघटन पछिको सरकारले उद्योग मन्त्रालय मार्फत गएको २०७७ पौष २० गते राजपत्रमा सूचना प्रकाशित गरि कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय सार्वजनिक गरेको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन जोडदार माग गरिएको नेपाल डेरी एसोशिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।
उनले भने– निजी क्षेत्रको कृषी क्षेत्रमा अर्वौको लगानी भएको अवस्थामा सरकारले प्रमुख सरोकारवालासँग कुनै सर–सल्लाह नै नगरी राष्ट्र र किसानको हित विपरित अपारदर्शी रुपमा एकल रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले विदेशी लगानी भित्रन दिनु नहुने महासचिव दाहालले बताए ।
सरकारले नेपालमा बैदेशिक लगानी ल्याउँदा अहिले भइरहेको ग्रामिण रोजगारीमा त्यसको प्रत्यक्ष असर पर्ने हालसम्म कृषि पेशामा आवद्ध भएका व्यवसायीलाई मजदुर बनाउने र त्यसको प्रत्यक्ष लाभ विदेशी लगानीकर्ताको हातमा पुग्ने निश्चित देखिएको नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए ।
उनले भने– विदेशी लगानी भित्रयाउँदा स्वदेशी व्यवसायीहरुको उद्यमशिलता विकासमा कुठाराघात र किसानको हातमुख जोड्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध भई देश चरम गरीवि तर्फ धकेलिने भएकाले सरकारले गरेको यो निर्णय तत्काल फिर्ता लिएर स्वदेशी व्यवसायीहरुको हितमा काम गर्न जोडदार माग गर्दछौ । कार्यक्रम नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सदस्य भालु श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
नेपालमा हाल देशभर गरी दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेको छ, भने ३२ लाख लिटर दुध वजारमा जाने गरेको छ । दुध विक्रीवाट मात्रै दैनिक ६ करोड रुपैयाँ गाउँमा भित्रने गरेको छ । अहिले नेपालमा ६ लाख कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित रहेका छन् भने ३० लाख नेपालीले रोजगार पाइरहेको तथ्याङ्क नेपाल डेरी एसोसिएसनको रेकर्डमा देखिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...