कैलाली । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शुक्रबार राति भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार राति करिब २:४५ बजे लागेको आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिन सकिएको हो। आगलागीमा गोदामभित्र रहेका सम्पूर्ण जुत्ता–चप्पल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। यो गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्।









