एकै गिरोहद्वारा ५ नेपालीको मिर्गौला भारतमा बेचिएको खुलासा, नाइकेसहित दुई पक्राउ

१५ भाद्र २०८२, आईतवार

काठमाडौं – मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतमा ५ जना नेपालीको मिर्गौला बेचिएको तथ्य सार्वजनिक गरेको छ। सो घटनामा संलग्न गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट र धादिङका नागरिकलाई विभिन्न प्रलोभनमा पारी भारतको नयाँदिल्ली लगेर मिर्गौला बेच्ने गरेको खुलासा भएको छ। भण्डारी र भारतीलाई भारतबाट नेपाल फर्कँदै गर्दा नाकाबाटै पक्राउ गरिएको थियो।

मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उक्त गिरोहविरुद्ध ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ पीडितहरूले जाहेरी दिएका थिए। यसै आधारमा ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर अनुसन्धान अगाडि बढाइएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा, गिरोहले मिर्गौला दिने इच्छुक व्यक्तिलाई गाडीको व्यवस्था गरी दिल्लीसम्म पुर्‍याउने र होटलमा बस्ने खाने व्यवस्थासहित चिकित्सक बोलाएर रगत जाँच गर्ने गरेको पाइएको छ। पीडितलाई बेहोस पारेर अस्पतालमा ३–४ दिन राखेर मिर्गौला निकाल्ने र नेपाल फर्काउने कामसमेत गरिएको थियो।

पक्राउ परेकाहरूले सोधपुछमा भण्डारीले ६ लाख भारतीय रुपैयाँ दिने प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन्। प्रहरीले प्रारम्भिक बयानका आधारमा भण्डारीले २५ जनाको मिर्गौला निकालेर पैसा लिएको र एक सयभन्दा बढी व्यक्तिहरूको मिर्गौला बेचबिखनमा संलग्न रहेको जानकारी दिएको छ।

गत साउन २० गते गिरोहका अन्य तीन सदस्यलाई पनि पक्राउ गरिएको थियो। प्रहरीले यस मामिलामा थप अनुसन्धान जारी राखेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...