सरकारको निर्णयविरुद्ध उखु किसान आन्दोलित, असोज २५ गतेदेखि देशव्यापी आन्दोलनको चेतावनी

१४ भाद्र २०८२, शनिबार

सर्लाही — उखु उत्पादक महासंघ, नेपालले सरकारले तोकेको भुक्तानी प्रक्रिया तथा अनुदान रकम कटौतीविरुद्ध कडा आपत्ति जनाउँदै आन्दोलनमा जाने घोषणा गरेको छ। महासंघका अनुसार सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा मनपरी कटौती गरेको र भुक्तानी प्रक्रिया समेत ढिला गरिरहेको कारण किसानहरू सडकमा उत्रिन बाध्य भएका हुन्।

महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सप्तरीलगायत १३ जिल्लाका किसानहरूले बारम्बार माग राख्दा पनि सरकारले बेवास्ता गरेको छ। किसानहरूको श्रमको मूल्य नदिइएको र बजेटमै छुट्याइएको रकम समेत कटौती गर्न खोजिएको भन्दै महासंघले असोज २५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

यसअघि पनि उखु किसानहरूले काठमाडौं माइतिघर मण्डलामा प्रदर्शन गरी सरकारलाई ध्यानाकर्षण गराएका थिए। तर, माग पूरा गर्ने स्पष्ट पहल नभएको महासंघको दाबी छ। विज्ञप्तिमा सरकारले किसानलाई झुक्याउने काम मात्र गरेको र पुनः आन्दोलनको वातावरण सिर्जना गरेको आरोप लगाइएको छ।

महासंघका प्रवक्ता उमाशंकर यादव र संयोजक श्यामबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “किसानले माग गरेका अनुदान रकम तत्काल उपलब्ध नगराइए आन्दोलन अपरिहार्य हुनेछ।” साथै, आन्दोलनलाई सफल पार्न सबै जिल्लाका किसानलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

महासंघले उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेता तथा जनसमुदायले दिएको समर्थन र सहानुभूतिको कदर गर्दै धन्यवाद पनि व्यक्त गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...