संसद्ले शिक्षा, नागरिकता र निजामतीसहित ५ विधेयक पारित गर्ने कार्यतालिका बनायो

१२ भाद्र २०८२, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाले शिक्षा, नागरिकता, निजामती, भूमि र संवैधानिक परिषद्सम्बन्धी गरी पाँच महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेर भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, १२ भदौमै भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए ।

त्यसैगरी, भदौ १८ गते बस्ने बैठकले नागरिकता विधेयक पारित गर्नेछ भने सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी छ । गत साउन ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक फिर्ता गरेका थिए ।

यस्तै, भदौ १९ गते संघीय निजामती सेवा विधेयक पारित गरिनेछ । यसअघि प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको उक्त विधेयक पुनः प्रतिनिधिसभामा फर्केपछि पास गरेर राष्ट्रपतिसम्म पठाइनेछ ।

विद्यालय शिक्षा विधेयकलाई भने भदौ २६ गते पारित गरी राष्ट्रिय सभामा पठाउने तालिका बनेको छ । संसदीय समिति (शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति)ले यसलाई भदौ ५ गते नै पारित गरी प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिसकेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भदौ १५ देखि ३० गतेसम्म पाँच दिन बैठक बस्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार प्रतिनिधिसभा भदौ १८, १९, २५, ২৬ र २७ गते बैठक बस्नेछ । यससँगै लामो समयदेखि अल्झिएका विधेयकलाई संसद्ले यसै महिनाभित्रै निष्कर्षमा पुर्‍याउने तयारी गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...