हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चबाट मनहरी गाउँपालिका-९ कि विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माण गरिदिने भएका छन्।
सोमबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत मिठुमायाका लागि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। मिठुमाया सुनारको श्रीमान् पाँच वर्षअघि नै निधन भइसकेको छ भने उनका छोरा संगम सुनार अपाङ्ग छन्। उनीहरूका लागि घर निर्माण गर्न नसक्दा समस्या भएको कुरा स्थानीय समाजसेवीहरूले मुख्यमन्त्री समक्ष पesk गरेका थिए।
समाजसेवी प्रकाश वर्तौला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धर र वडा कार्यालयका प्रतिनिधिहरूले गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुरोध गरेका थिए। सो अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी-९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष यादव थपलियाल लगायत उपस्थित थिए।
मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम खर्च गर्दै मिठुमायाका लागि दुई कोठा, भान्छा र ट्वाइलेट बाथरुमसहितको घर निर्माण गराउने योजना बनाएका छन्।