रामेछापमा उद्योग–पसलको संयुक्त अनुगमन : म्याद नाघेको खाद्यान्न नष्ट, कैफियत भेटिएकामा जरिवाना

१० भाद्र २०८२, मंगलवार


रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा विभिन्न निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरूको अनुगमन गरेको छ ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, हेटौंडा, नेपाल गुणस्तर तथा नापतौल विभाग जनकपुर, जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थली नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, होटल व्यवसायी संघ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

तीन स्थानमा गरिएको अनुगमनमा मन्थली बजारका ५१, सोमवारे हाटका ४ र धोवि बजारका १४ गरी कुल ६९ पसल तथा उद्योग जाँचिएको थियो ।

अनुगमनका क्रममा मन्थलीस्थित सुनापति वेकरीलाई सरसफाइ र व्यवस्थापन कमजोर देखिएकाले १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अमृत दुग्ध डेरीलाई सरसफाइ सुधार गर्न निर्देशन दिँदै १ हजार रुपैयाँ जरिवाना गरिएको हो । अन्य डेरी, वेकरी तथा विभिन्न पसललाई व्यवस्थापन सुधारका लागि चेतावनी दिइएको छ ।

धोवि बजारमा भने गम्भीर कैफियत भेटिएको छ । बुढाथोकी किराना स्टोरलाई लेबल नभएको सामान बिक्री, म्याद नाघेको खाद्यान्न राख्ने र विषादी प्रयोग गरेको कारण १० हजार रुपैयाँ जरिवाना गरिएको छ । सानु किराना स्टोरलाई २ हजार र आरके खाद्यान्न स्टोर्सलाई नापतौल त्रुटि भेटिएकाले २ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका चिउरा, चियापत्ति, दालमट, बिस्कुटलगायत पाँच हजार रुपैयाँभन्दा बढी मूल्यका खाद्य सामग्री तत्काल नष्ट गरिएको छ ।

अनुगमन निरीक्षण अधिकृत खेमराज घिमिरेले सुधार नगरी दोहोरिएमा उद्योग वा पसल नै बन्द गर्ने चेतावनी दिनुभयो । हालसालै गरिएको यो संयुक्त अनुगमनलाई स्थानीय तह, उद्योगी–व्यवसायी र उपभोक्ताले समेत सकारात्मक रूपमा लिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...