बलिउडमा हलचल : गोविन्दाकी पत्नी सुनिताले मागिन् सम्बन्धविच्छेद

७ भाद्र २०८२, शनिबार

मुम्बई । बलिउड अभिनेता गोविन्दाको वैवाहिक जीवन फेरि विवादमा तानिएको छ। उनकी पत्नी सुनिता आहुजाले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको निवेदन दिएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार, डिभोर्स पेपरमा सुनिताले गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र आफूलाई क्रूरतापूर्ण व्यवहार गरेको गम्भीर आरोप लगाएकी छन्। उनले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए) र (आईबी) अन्तर्गत कानुनी प्रक्रिया अघि बढाएकी बताइएको छ।

अदालतले गत मे २५ मा गोविन्दालाई पेशीमा उपस्थित हुन आदेश दिएको थियो। त्यसयता दुवै पक्षले मिलापत्रको प्रयास गरिरहेका भए पनि गोविन्दा अदालतमा उपस्थित नभएको र सुनिता भने नियमित उपस्थित हुँदै आएकी छन्। तर, अभिनेता नजिकका स्रोत र म्यानेजरले यी समाचारलाई ‘सिर्फ अफवाह’ भन्दै खारेज गरेका छन्।

यसअघि पनि करिब ६ महिना अगाडि दुवैबीच सम्बन्धविच्छेदको चर्चा चर्किएको थियो। त्यतिबेला गोविन्दाको एक मराठी अभिनेत्रींसँग अफेयर भएको हल्ला चलेको थियो। तर, त्यसबेला पनि नजिकका साथी र म्यानेजरले यो दाबीलाई असत्य बताएका थिए। लामो समयदेखि छुट्टाछुट्टै बस्दै आएको खबर सार्वजनिक भइरहे पनि सुनिताले अन्ततः आफैं गोविन्दासँग सम्बन्धविच्छेद नगर्ने भन्दै स्पष्ट पारिन्।

हाल भ्लगिङमा सक्रिय सुनिताले मन्दिर दर्शनका क्रममा जीवनका उतारचढावबारे भावुक हुँदै भनेकी थिइन्, “जब मैले गोविन्दालाई भेटेँ, मैले आमालाई भनेकी थिएँ कि म उनीसँग विवाह गर्नेछु र हाम्रो जीवन राम्रोसँग चलोस्। आज पनि विश्वास छ, माँ कालीले मेरो परिवारलाई जोगाउनुहुन्छ।”

तर, द इण्डियन एक्सप्रेसलगायतका प्रतिष्ठित मिडियाले भने सुनिताले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको निवेदन दिएको पुष्टि गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...