मन्थलीमा ‘रामेछाप तीज क्वीन २०८२’ र सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न

६ भाद्र २०८२, शुक्रबार

रामेछाप । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा रामेछाप जेसीजको आयोजनामा ‘रामेछाप तीज क्वीन २०८२’ तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले तीजलाई भड्किलो बनाउने प्रवृत्ति भन्दा पनि नेपाली संस्कृति र परम्पराको संरक्षण–जगेर्नामा जोड दिनुपर्नेमा आग्रह गरे ।

रामेछाप जेसीज २०२५ का अध्यक्ष यादव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साताव्यापी विभिन्न गतिविधिहरूको उपलब्धि तथा प्रगतिबारे पदाधिकारीहरूले प्रतिवेदन पेस गरेका थिए ।

‘रामेछाप तीज क्वीन २०८२’ मा सहभागी ११ जना महिलाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । प्रतियोगीहरूले आफ्ना कला, प्रतिभा र तीज पर्वसँग सम्बन्धित प्रस्तुति दिएका थिए ।

यससँगै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले गीत–संगीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रममा रंग भरेका थिए । महिलाहरूको उत्साहपूर्ण सहभागिता, नाचगान र तीजको दरसहित मन्थलीको माहोल झन् उल्लासमय बनेको थियो ।

आयोजक जेसीजले यस किसिमका कार्यक्रमहरूले सांस्कृतिक परम्परा जगेर्नासँगै स्थानीय प्रतिभा र महिलाको सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...