मन्थलीमा ‘रामेछाप तीज क्वीन २०८२’ र सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न

६ भाद्र २०८२, शुक्रबार

रामेछाप । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा रामेछाप जेसीजको आयोजनामा ‘रामेछाप तीज क्वीन २०८२’ तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले तीजलाई भड्किलो बनाउने प्रवृत्ति भन्दा पनि नेपाली संस्कृति र परम्पराको संरक्षण–जगेर्नामा जोड दिनुपर्नेमा आग्रह गरे ।

रामेछाप जेसीज २०२५ का अध्यक्ष यादव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साताव्यापी विभिन्न गतिविधिहरूको उपलब्धि तथा प्रगतिबारे पदाधिकारीहरूले प्रतिवेदन पेस गरेका थिए ।

‘रामेछाप तीज क्वीन २०८२’ मा सहभागी ११ जना महिलाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । प्रतियोगीहरूले आफ्ना कला, प्रतिभा र तीज पर्वसँग सम्बन्धित प्रस्तुति दिएका थिए ।

यससँगै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले गीत–संगीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रममा रंग भरेका थिए । महिलाहरूको उत्साहपूर्ण सहभागिता, नाचगान र तीजको दरसहित मन्थलीको माहोल झन् उल्लासमय बनेको थियो ।

आयोजक जेसीजले यस किसिमका कार्यक्रमहरूले सांस्कृतिक परम्परा जगेर्नासँगै स्थानीय प्रतिभा र महिलाको सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...