ट्रम्प सरकारद्वारा भिसावाहक विदेशीहरूको व्यापक छानबिन सुरु

६ भाद्र २०८२, शुक्रबार

काठमाण्डौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हाल अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीहरूको विस्तृत छानबिन गर्ने निर्णय गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भिसा अवधि सकिएर पनि अमेरिका बसेका, आपराधिक गतिविधि वा आतंकवादसँग संलग्न भएको आशंका लागेका व्यक्तिहरूलाई प्राथमिकताका साथ जाँच गर्ने जनाएको छ । मन्त्रालयका अनुसार प्रहरी प्रशासन तथा अध्यागमन अभिलेखसँगै भिसा जारी भएपछि सार्वजनिक भएका सबै प्रकारका सूचनाको समीक्षा गरिनेछ ।

अवैध आप्रवासीविरुद्ध कठोर नीतिका कारण दोस्रो कार्यकालमा पुनः निर्वाचित भएका ट्रम्पले यसअघि मुख्यतः अवैध आप्रवासीलाई लक्षित गरेका थिए । तर पछिल्लो निर्णयपछि कानुनी रूपमा भिसा लिएर बसिरहेका विदेशीहरू समेत सरकारको निगरानीमा पर्ने भएका छन् ।

सन् २०२४ को आर्थिक वर्षमा मात्र अमेरिकाले स्थायी बसोबास ९‘ग्रीन कार्ड’० बाहेक करिब १ करोड १० लाख व्यक्तिलाई अस्थायी भिसा जारी गरेको थियो । तीमध्ये झन्डै ७७ प्रतिशत व्यवसाय वा पर्यटन प्रयोजनका थिए भने करिब सात प्रतिशत विद्यार्थी र शिक्षाविद्हरूका परिवारलाई जारी गरिएको थियो । कतिपय भिसा दीर्घकालीन हुने भएकाले सबैको छानबिन समय–साध्य र खर्चिलो हुने मन्त्रालयले स्वीकार गरेको छ ।

यसअघि नै ट्रम्प सरकारले भिसावाहकको सामाजिक सञ्जालमार्फत यहूदी विरोधी वा अमेरिका–विरोधी गतिविधि गरेको छ कि भनेर निगरानी सुरु गरिसकेको छ । पछिल्लो निर्णयसँगै आप्रवासीसम्बन्धी जानकारी संकलनको प्रक्रिया अझ तीव्र हुने देखिएको छ ।

विदेश मन्त्री मार्को रुबियोले व्यावसायिक ट्रक चालकहरूका लागि नयाँ भिसा जारी गर्न रोक लगाउने घोषणा गरेलगत्तै यो निर्णय सार्वजनिक गरिएको हो । केही साताअघि मात्र अमेरिकी सरकारले भिसाको म्याद नाघेका र कानुनी प्रावधान उल्लंघन गरेका करिब ६ हजार विद्यार्थीको भिसा खारेज गरेको घोषणा गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...