संविधान कार्यान्वयन चुनौतीपूर्ण, संशोधन अपरिहार्य : गगन थापा

६ भाद्र २०८२, शुक्रबार

काठमाडौँ । संविधान जारी भएको दशक नाघिसक्दा पनि आवश्यक कानुनहरू पूर्ण रूपमा नबनेको र संघीयताको कार्यान्वयन अपुरो रहेकोबारे प्रमुख दलका नेताहरूले स्पष्ट रूपमा स्वीकार गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित छलफलमा नेताहरूले संविधान संशोधन जटिल भए पनि अपरिहार्य भएको निष्कर्ष निकाल्दै राजनीतिक दलहरू चुनावी स्वार्थमै अल्झिएका कारण मूल विषयमा ध्यान दिन नसकिएको बताएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो संविधान सभा विघटन हुनुमा प्रदेशको विषय मुख्य कारण भएको स्मरण गरे। उनका अनुसार संविधान निर्माणको क्रममा माओवादी केन्द्र प्रदेशको नाम, सीमा र अधिकारमा केन्द्रित रहँदा कांग्रेस–एमालेलाई संघीयता थोपरेको जस्तो भान भएको थियो। उनले भने, “संविधान संशोधन जोखिमपूर्ण छ तर अनिवार्य पनि छ। अब सम्हालेर अघि बढ्नैपर्छ।”

थापाले संविधानसभा विघटन हुनु अघिको राजनीतिक सहमति सफल भएको भए ११ प्रदेश हुने र स्थानीय सरकारहरू प्रदेश मातहतमा रहने सम्भावना रहेको बताए। तर अन्तिम समयमा सहमति भंग हुँदा संसद् नै विघटन भएको स्मरण गराए।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा त्यसतर्फ गम्भीर ढंगले काम हुन नसकेको बताए। उनका अनुसार दलहरू निर्वाचित हुने र अर्को चुनावको तयारीमै बढी केन्द्रित हुँदा विधायकीय काममा निरन्तरता दिन कठिनाइ भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संविधान निर्माणकै क्रममा व्यवहारिकभन्दा बढी प्रावधानहरू समावेश गरिएकाले अहिले कार्यान्वयनमा समस्या थपिएको बताए। उनले १० वर्षको अवधिमा संघीयता कार्यान्वयनका हिसाबले गर्नुपर्ने काम पूरा गर्न नसकेको स्वीकार गर्दै संशोधन आवश्यक भए पनि त्यसको दिशा र स्वरूपबारे दलहरू अझै अनिर्णयमा रहेको बताए।

नेताहरूका धारणा सुन्दा संविधान संशोधन अपरिहार्य भए पनि यसको प्रक्रिया राजनीतिक सहमति, धैर्य र जिम्मेवारीपूर्ण नेतृत्वमार्फत मात्रै अघि बढाउन सकिने स्पष्ट भएको देखिन्छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...