प्रधानमन्त्रीलाई चीन–भारत भ्रमणमा लिपुलेकको मुद्दा उठाउन सत्तापक्ष–प्रतिपक्षको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १४ गते चीनमा हुने सांघाई सहयोग संगठन (एससी) को सम्मेलनमा सहभागी हुने र ३१ भदौमा दुईदिने भारत भ्रमण गर्ने तयारी गरेका छन्। यस क्रममा लिपुलेकको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने सुझाव सत्तापक्ष र प्रतिपक्ष दुवै दलले दिएका छन्।

दार्चुला–लिपुलेक क्षेत्रमा भारत र चीनबीच नेपालसँग छलफल नगरी भएको व्यापारिक सहमतिप्रति दलहरूले असन्तुष्टि जनाउँदै यसलाई कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमा र सार्वभौमिकताको विषयमा सत्तापक्ष–प्रतिपक्ष एक भएर उभिनुपर्ने बताए। ‘लिपुलेक नेपालकै भूमि हो, यसलाई गम्भीरतापूर्वक कूटनीतिक रूपमा उठाउनुपर्छ,’ उनले भने।

त्यसैगरी एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत–चीनबीच नेपालबारे भएको सहमति अमान्य भएको भन्दै प्रभावकारी वार्तामार्फत समाधान खोज्नुपर्ने बताए। ‘सदनले गरेको सर्वसम्मत निर्णयलाई सरकार व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले स्पष्ट पारे।

पूर्वराजदूतहरू नीलाम्बर आचार्य र टंक कार्कीले पनि नेपालले प्रमाणसहित भारत र चीनसँग वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले लिपुलेक विषयले अन्य द्विपक्षीय सम्बन्धलाई नकारात्मक असर नपारोस् भन्नेमा सजग रहनुपर्ने सुझाव दिएका छन्।

पूर्वपरराष्ट्र सल्लाहकार राजन भट्टराईले लिपुलेक विषयमा राष्ट्रिय सहमति भइसकेकाले प्रधानमन्त्रीको आगामी भ्रमणमा यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा २०७७ मा सर्वसम्मत रूपमा सदनबाट पारित भएपछि यस मुद्दामा दलहरूबीच साझा अडान बनिसकेको छ। अब सरकारको कूटनीतिक पहलमार्फत समाधान खोज्नु पर्नेमा सरोकारवालाहरू एकमत छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...