देशभर एउटै नम्बर ‘१०२’ मा एम्बुलेन्स सेवा, स्वास्थ्य मन्त्रालयद्वारा एकीकृत निर्देशिका जारी

५ भाद्र २०८२, बिहीबार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर छरिएर सञ्चालन हुँदै आएका एम्बुलेन्स सेवालाई एकीकृत गर्न “एम्बुलेन्स सेवा निर्देशिका, २०८२” जारी गरेको छ। अब नागरिकले आकस्मिक स्वास्थ्य सेवाको लागि देशको कुनै पनि स्थानबाट टोल(फ्री नम्बर ‘१०२’ मा सम्पर्क गर्न सक्नेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार, सरकार नागरिकको आकस्मिक स्वास्थ्य सेवामा पूर्ण प्रतिबद्ध छ। उनले भने, “एम्बुलेन्स सेवालाई थप व्यवस्थित, पहुँचयोग्य र पारदर्शी बनाउन निर्देशिका जारी गरिएको हो। यसबाट छरिएर सञ्चालन भइरहेका सेवाहरू एउटै छातामुनि आएर राष्ट्रिय आकस्मिक स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउनेछ।”

निर्देशिकाअनुसार, अब सबै एम्बुलेन्स सेवा एकीकृत प्रेषण केन्द्र ९म्ष्कउबतअज ऋभलतभच० मार्फत परिचालन गरिनेछ। कुनै पनि स्थानबाट ‘१०२’ नम्बरमा सम्पर्क गर्दा प्रेषण केन्द्रले जीपीएस प्रणालीमार्फत बिरामीको नजिकको उपयुक्त एम्बुलेन्सलाई तत्काल परिचालन गर्ने व्यवस्था गरिएको छ।

सेवाको गुणस्तर सुनिश्चित गर्न एम्बुलेन्सहरूलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरिएको छ। प्रत्येक एम्बुलेन्सले तोकेका मापदण्ड, रङ, ‘स्टार अफ लाइफ’ लोगो, न्यूनतम उपचार उपकरण र जीपीएस प्रणाली अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

निर्देशिकाले आर्थिक पारदर्शिता पनि सुनिश्चित गरेको छ। अब एम्बुलेन्सको सेवा शुल्क जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले भूगोल, सडक अवस्था, इन्धन मूल्य र दूरीको आधारमा निर्धारण गर्नेछ र सार्वजनिक गर्नुपर्नेछ। त्यस्तै, गरिब, असहाय र विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा समावेश छ।

वातावरणमैत्री स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यले निर्देशिकाले विद्युतीय एम्बुलेन्स सञ्चालनका लागि मापदण्ड तोकेको छ। विद्युतीय एम्बुलेन्स कम्तीमा ७० किलोवाट(आवर ब्याट्री क्षमता र एक पटकको चार्जमा २५० किलोमिटर यात्रा गर्न सक्षम हुनुपर्नेछ। साथै, सेवा क्षेत्रमा कम्तीमा एउटा फास्ट चार्जर सेन्टर सुनिश्चित गर्नुपर्नेछ।

सडक पहुँच नभएका दुर्गम क्षेत्रका लागि निर्देशिकाले पहिलोपटक हेलि(एम्बुलेन्स र एयर एम्बुलेन्स सेवाको अवधारणा पनि समेटेको छ। यसका लागि आगामी दिनमा विस्तृत सञ्चालन प्रक्रिया तय गरिने छ।

छिटो सेवा सुनिश्चित गर्न जियो(म्यापिङ प्रणालीको अवधारणा पनि अघि सारिएको छ। जिल्लास्तरीय समितिहरूले बारम्बार दुर्घटना हुने वा आकस्मिक घटना घट्ने सम्भावित ‘हटस्पट’ क्षेत्रहरू पहिचान गरी रणनीतिक रूपमा एम्बुलेन्स पार्किङ र तयारी सुनिश्चित गर्नेछन्।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, “विगतमा विभिन्न अस्पताल र स्थानीय निकायले सञ्चालन गर्ने एम्बुलेन्सबीच समन्वय नहुँदा प्रभावकारी सेवा सुनिश्चित गर्न कठिनाइ थियो। अब निर्देशिकाले सेवा प्रणालीलाई एकीकृत, पारदर्शी र जवाफदेही बनाउनेछ।”

यस निर्देशिकाको कार्यान्वयनसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउनेछन्। जीपीएस प्रणाली र प्रेषण केन्द्रको व्यवस्था लागू भएपछि कुन एम्बुलेन्सले कहाँ र कति सेवा दियो भन्ने स्पष्ट हुनेछ। यसले आकस्मिक स्वास्थ्य क्षेत्रमा सुशासन र जवाफदेहिता कायम गर्न बलियो आधार तयार गर्ने मन्त्रालयको विश्वास रहेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...