साउदीलाई चिढ्याउनु पाकिस्तानलाई महंगो पर्दै

Written by meropradesh creator

९ श्रावण २०७४, सोमबार

एजेन्सी। युनाइटेड अरब इमिरेट्स र इजरायबीच शान्ति सम्झौता भएपछि अहिले मध्यपूर्वमा एक किसिमको तनाब र ध्रुविकरण देखिएको छ। उसो त युएई अरब र इजरायलबीचको युद्धमा कहिलै लडेको थिएन। तर पनि युएई र इजरायलबीच शान्ति सम्झौता भएको थिएन। मध्यपूर्वमा एक्लिएर रफ्तारमा अघि बढेको इजरायलले जोर्डन र इजिप्टसँग भने शान्ति सम्झौता गरेको थियो।

यद्यपि त्यसले इजरायलाई व्यापारिक दुष्टिले कुनै फाइदा पुर्याएको थिएन। अब, युएईसँग केहिदिन अघि १३ अगस्तमा भएको शान्ति सम्झौताले युएई र इजरायल दुवैलाई आर्थिक, व्यापारिक, शिक्षा, स्वास्थ्य, प्रविधि र सुरक्षालगायतका सबै क्षेत्रमा फाइदा पुर्याउनेछ। इजरायलले मध्यपूर्वमा आफ्नो प्रभाव पार्न सक्नेछ। युएईले पनि इजरायलको सहयोगमा प्रविधि र सैन्य एवं हतियार निमार्णका कार्यक्रमहरु अघि बढाउन सक्नेछ। अब इजरायल र साउदीको बीचमा पनि यस्तै अर्को सम्झौता हुनसक्ने बताइन्छ। अमेरिकाले गराइदिएको यो सम्झौताले अब युएई, इजरायल र साउदी लगायतलाई अमेरिकासँगै एक साथ अघि बढ्न मार्ग प्रशस्त गर्ने संकेत मिलेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्हु र युएईका राष्ट्रपति खलिफा बिन जायद अल नाह्यनले दुईबीचको सम्झौता ऐतिहासिक र फाइदाजनक भएको भन्दै खुशी मनाएका छन्। तर, इरान र टर्कीले भने इजरायल र युएईबीचको यो सम्झौतालाई अस्विकार गरेका छन्। यता, टर्की मुस्लिम देशहरुको नेतृत्वमा साउदीलाई पन्छ्याएर आफु स्थापित हुने रणनीति अपनाइरहेको छ।

इस्लामीक मूलुकहरुमा आफ्नो प्रभुत्व जमाउन टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगनले अनेकन रणनीतिहरु अपनाइरहेका छन्। यता चीनको पछि लागेको पाकिस्तानलाई टर्कीले सहयोग गरिरहेको छ। यसको अर्थ के हुन्छ भने, अब मुस्लिम विश्व अमेरिकी धुव्र र चिनियाँ धुव्रमा विभाजित हुनसक्छन्। आफ्नो वंशानुगत शासन अनुसार दमन गर्न खोजिरहेका इरान, टर्की र चीनको योजनामा हरेक कदम चालिरहेको पाकिस्तानलाई साउदी, युएईलगायत ठूला शक्तिले अस्विकार गरिदिने देखिन्छ।

मुस्लिम विश्व विभाजित हुनेक्रममा रहँदा पाकिस्तानलाई भने तनाब बढेको छ। पाकिस्तानका विदेशमन्त्री एसएम कुरैशीले प्रधानमन्त्री इमरान खानका सचिव अजम खानलाई थप्पड हानेका छन्। पाकिस्तानी मिडियाका अनुसार विदेशमन्त्री कुरैशीले इमरान खानलाई भेट्न खोजेका बेला सचिवले अवरोध गर्न खोजेका कारण थप्पड हानेको जनाइएको हो। उनै कुरेशीले साउदी अरबका बारेमा बोलेको विवादास्पद कुराले ति दुई देशको सम्वन्ध थप विग्रिएको छ। सम्वन्ध सुधार्न पाकिस्तानले सेनाप्रमुख वाजवालाई साउदी पठाउनुपरेको थियो।

सम्बन्ध सुधार्नका लागि साउदी गएका बाजवा र आइएसआइ चिफ फेइज हमिदलाई भेट्न साउदिका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अस्विकार गरेका छन्। राजकुमार सलमानले भेट्न अस्विकार गरेपछि दुवैजना साउदीबाट रित्तै फर्किएका हुन्। सबैतिर लज्जित हुनुपरेपछि पाकिस्तानका मानव स्रोत संसाधन मन्त्री सिरेन मजारीले कश्मिर मुद्धामा पाकिस्तान पूर्णरुपमा असफल भएको घोषणा गरिदिएका छन्।

सेनाप्रमुख साउदीमा रहेका बेला पाकिस्तानी विदेशमन्त्रीले साउदीका प्रतिद्धन्द्धी कतारका राजदुतसँग भेट गरेका थिए। यो पनि पाकिस्तानलाई साउदीबाट टाढा पुर्‍याउने एक अर्को कारक बन्यो। यो सबै भइरहँदा पाकिस्तानले भविष्यमा कश्मिर मुद्धामा गर्ने कुनै पनि बैठकमा आफु सहभागि नहुने घोषणा साउदीले गरेको छ। यति मात्रै हैन्, साउदीले अब पाकिस्तान र टर्कीबीचको कुनै पनि सम्झौतालाई अस्विकार गर्ने बताएको छ। पाकिस्तानी टेलिभिजनलाई टर्कीस टिभी सिरिज इर्टुग्रुल पनि प्रशारण नगर्न साउदीले भनेको छ।

पाकिस्तान, टर्की, मलेसिया र इरानबीचको अपारदर्शी रुपमा हुने कुनै पनि वार्ताको विरोध गर्ने समेत साउदीले चेतावनी दिएको छ। साउदीका कुनै पनि निर्णयको उल्लंघन गर्न खोजे पाकिस्तानलाई पूर्णरुपमा छुट्याइदिने निर्णय साउदीले गरेको छ।

यदि साउदीमाथि चिढ्याउन खोजेमा ग्वादरका लागि गरेको २० अर्ब डलरको लगानी रद्द गरिदिने चेतावनी साउदीले दिएको छ। यसअघि प्रतिवद्धता गरिएको सबै सहयोग फिर्ता गर्ने र पैंसा तिर्ने भाका बढाएर सप्लाई गरिदिइरहेको तेल सप्लाई गर्न समेत रोक्ने साउदीले जनाएको छ।

त्यस्तै भिजन २०३० का लागि आवश्यक सबै म्यानपावर भारतबाट झिकाउने समेत साउदीले उल्लेख गरेको छ। साउदीले तेलमाथिको निर्भरतालाई हटाउन स्वास्थ्य, शिक्षा, पूर्वाधार निमार्ण र पर्यटनलगायतका क्षेत्रको विकास गर्ने रणनीतिका रुपमा भिजन २०३० योजना अघि सारेको छ।

त्यस्तै पाकिस्तानी मुस्लिम विद्यालयका लागि गरिदिने लगानी पनि रद्द गरिदिने साउदीको चेतावनी छ। साउदीबाट पाकिस्तानी कामदार फिर्ता पठाइदिने, तत्काल ऋण चुकाउन अर्को निर्णय गरिने लगायतका थुप्रै चेतावनी साउदीले पाकिस्तानलाई दिएको छ।

साउदीले पाकिस्तानी विदेशमन्त्रीलाई आफ्नो स्थान नबिर्सिन र युएई र इजरायलबीचको सम्झौतामा चुप रहन भन्दै यी चेतावनीहरु दिएको हो। पूर्णरुपमा साउदीमाथि निर्भर रहेको पाकिस्तानलाई पछिल्लो समय चीनले आफ्नो रणनीति पूरा गर्न प्रयोग गरिरहेको विश्लेषकहरु बताउँछन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार खेतमा...