सेलेघाट–रामेछाप–साँघुटार सडक : यात्रु हैरान, निर्माण कम्पनीले तोकिएकै समयमा काम सक्ने आश्वासन

५ भाद्र २०८२, बिहीबार

रामेछाप । रामेछाप हुँदै ओखलढुङ्गासम्म पुग्ने रणनीतिक महत्वको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्य ढिलाइ भएपछि यात्रु र सवारी साधन हैरानी खेपिरहेका बेला निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुवाहक बससहितका सवारी साधन घण्टौँसम्म बाटोमै अलपत्र पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति, जनप्रतिनिधि, राजनीतिक दल, सडक आयोजना कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिबीच बैठक बसेको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तत्काल सडक नियमित सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिए भने समिति सभापति आनन्दकुमार श्रेष्ठले मेसिन प्रयोग गरेर भए पनि सडक सञ्चालनमा ल्याउन आग्रह गरे ।

भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय कम्पनी **टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)**ले पाएको हो । १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सन् २०२३ मे १० भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएपछि फेरि १७ महिनाको म्याद थपिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि डी.सी. शर्माले तत्काल यातायात सञ्चालनको समस्या समाधान गर्ने र २०७९/८० मा संशोधित स्वीकृत समयसीमा अनुसार २०८३ असार ९ भित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् । बैठकले जोखिमपूर्ण स्थानमा तत्काल मर्मत गर्न, गुणस्तरीय रूपमा काम अघि बढाउन, शान्ति सुरक्षामा सुरक्षा निकायसँग सहकार्य गर्न र सडक विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी दीर्घकालीन समाधान खोज्ने निर्णय समेत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...