शक्तिशाली भूकम्पबाट इन्डोनेसियामा ३४ जनाको मृत्यु

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान आएको ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कैयौँ भवन भत्किनुका साथै क्षतिग्रस्त भएको बताइएको छ ।
शुक्रबार बिहान सबेरै आएको भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएको जनाएको छ । द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शहरमा मात्र यस भूकम्पका कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताए । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरू पुरिएको अनुमान गरिएको छ । त्यसैगरी, मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पका कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुवैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
उद्धारकर्ताहरूले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेको बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ । भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...