गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता, ६० लिटरभन्दा बढीमा इजाजत अनिवार्य

गण्डकी प्रदेशमा अब घरेलु मदिरा उत्पादन कानुनी रूपमा मान्यता पाउने भएको छ। प्रदेश सभाले पारित गरेको ‘घरेलु मदिरा उत्पादन नियमन तथा व्यवस्थापन विधेयक’ प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै लागू हुने भएको हो।

नयाँ प्रावधानअनुसार वार्षिक ६० लिटरसम्म घरायसी प्रयोजन, संस्कृति र परम्पराका लागि मदिरा वा जाँड उत्पादन गर्न अनुमति रहनेछ। तर ६० लिटरभन्दा बढी उत्पादन गर्न चाहिनेले अनिवार्य रूपमा इजाजतपत्र लिनुका साथै उद्योग दर्ता गर्नुपर्नेछ। सहकारी संस्थाले पनि उद्योग दर्ता गरेर मदिरा उत्पादन गर्न सक्ने व्यवस्था गरिएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार यो विधेयकले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर परम्परागत घरेलु मदिराको व्यवस्थित उत्पादन, आयात प्रतिस्थापन, सांस्कृतिक जगेर्ना र आर्थिक वृद्धिमा योगदान गर्ने लक्ष्य लिएको छ। साथै गुणस्तरीय र विषाक्तरहित मदिराको प्रयोगलाई सुनिश्चित गर्न कानुनी ढाँचा तयार गरिएको उनले बताए।

विधेयकले मर्चा उत्पादनसमेत कडाइका साथ नियमन गरेको छ। मर्चा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्वच्छ र प्रयोगशाला प्रमाणित हुनुपर्ने, उत्पादनमा प्रयोग हुने अन्न वा फलफूल स्पष्ट रूपमा लेबलिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। मदिरा पोका (पाउच)मा बिक्री गर्न पाइने छैन, गुणस्तर भएको प्लास्टिक बोतल मात्र प्रयोग गर्न पाइने उल्लेख छ।

ऐनविपरीत कारोवार गरेमा कडा सजाय हुने प्रावधान छ। मर्चा बिना अनुमति उत्पादन–वितरण गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म र मदिराको हकमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ।

उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालका अनुसार घरेलु मदिरा उत्पादन गर्ने उद्योगले वातावरणीय अध्ययनसहित प्रचलित कानुनअनुसार दर्ता भई मात्र सञ्चालन गर्नुपर्नेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...