३३ करोडमा अमेरिकी कम्पनीलाई बेचियो नेपाली स्टार्टअप ‘एडेक्स’

४ भदौ, काठमाडौं । तीन वर्षअघि दुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेको प्रविधि स्टार्टअप एडेक्स इन्टरनेसनल अमेरिकी कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर, अर्थात् करिब ३३ करोड रुपैयाँमा खरिद गरेको छ ।

एडेक्सको सम्पूर्ण सेयर खरिद गर्न टेकबे डिजिटलसँग सम्झौता सम्पन्न भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । छोटो समयमै अमेरिकी प्रविधि कम्पनीमा गाभिनु नेपालको प्रविधि क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको विज्ञप्तिमा उल्लेख छ । “यो सम्झौता दुवै कम्पनीको विकासमा महत्त्वपूर्ण क्षण हो, जसले विश्व प्रविधि बजारमा नेपालको उपस्थिति प्रभावशाली हुँदै गएको संकेत गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २०२० मा चार्टर्ड एकाउन्टेन्ट सौरभ सुवेदी र एरोस्पेस इन्जिनियर प्रज्वल शर्माले स्थापना गरेको एडेक्सले क्लाउड कन्सल्टिङ, एडब्लुएस कन्सल्टिङ र डेभओप्स कन्सल्टिङ क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले २०२२ को मध्यतिर मात्रै औपचारिक रूपमा सेवा सुरु गरेको भए पनि तीन वर्षको छोटो अवधिमै नेपालकै अग्रणी क्लाउड कन्सल्टिङ कम्पनी बन्न सफल भएको दाबी गरिएको छ । हालसम्म यसले ६० भन्दा बढी सीपयुक्त रोजगारी सिर्जना गरेको कम्पनीले जनाएको छ ।

संस्थापक सुवेदी भारतमा सीए पढेर फर्किएका हुन् भने शर्माले बेलायतमा एरोस्पेस इन्जिनियरिङ अध्ययन गरेका थिए । नेपालमै प्रविधि क्षेत्रमा सम्भावना देखेर एडेक्स स्थापना गरेको उनीहरूको भनाइ छ । सुवेदी भन्छन्, “तीन वर्षमै एक फस्टाउँदै गएको टेक बिजनेस निर्माण गर्नु हाम्रा लागि उल्लेखनीय यात्रा हो ।”

टेकबे डिजिटलसँग सम्बद्ध अर्को कम्पनीका लागि काम गर्दा उनीहरूले एडेक्सको कार्यालय, कर्मचारीको क्षमता र गुणस्तरलाई उच्च मूल्यांकन गरेपछि खरिदको प्रस्ताव आएको सुवेदीले खुलाए । उनका सहसंस्थापक शर्माले पनि यो सम्झौताले एडेक्सलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै भने, “टेकबे डिजिटलसँग मिलेर हामी अझ ठूलो बजारमा प्रवेश गर्नेछौं ।”

नेपाल आउटसोर्सिङको केन्द्र बन्दै गएका कारण टेकबेले पनि यहाँ ब्याक अफिस राख्न रुचि देखाएको सुवेदीको भनाइ छ । टेकबे स्वयं पनि क्लाउड कन्सल्टिङ क्षेत्रमा काम गरिरहेको हुँदा एडेक्सप्रति उनीहरूको रुचि स्वाभाविक भएको उनले बताए ।

कम्पनीको सेयर चरणबद्ध रूपमा हस्तान्तरण हुनेछ । विज्ञप्तिअनुसार ६ देखि ८ महिनाभित्र सम्पूर्ण सेयर हस्तान्तरण भइसकेको हुनेछ । भुक्तानी पनि त्यही अवधिमा किस्ताबन्दी गरेर हुने सहमति भएको जनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...