सामाजिक स्वास्थ्य सुरक्षा एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार अब बीमाबाट

४ भाद्र २०८२, बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छरिएर सञ्चालन हुँदै आएका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै विपन्न नागरिक उपचार कार्यक्रमलाई स्वास्थ्य बीमाको छातामुनि ल्याएको छ । बुधबार मन्त्री प्रदीप पौडेलले “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गर्दै यो नयाँ व्यवस्थाको सुरुवात गरेका हुन् ।

निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले विपन्न नागरिकको उपचारप्रति सरकार प्रतिबद्ध रहेको र स्वास्थ्य बीमालाई अझ व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन यो कदम चालिएको बताए । उनले विगतमा विभिन्न निकायबाट छुट्टाछुट्टै रूपमा दिइँदै आएको सुविधा एकै छातामुनि ल्याएर सबल सामाजिक स्वास्थ्य सुरक्षा प्रणाली निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे । “सुशासनको मूल मर्म भनेकै राज्यको स्रोतलाई कुशल र पारदर्शी ढंगले परिचालन गर्नु हो । अब स्वास्थ्य बीमासँग अनिवार्य आबद्धताले राज्यकोषको दुरुपयोगलाई रोक्नेछ र वास्तविक विपन्न नागरिकसम्म प्रतिफल पुग्ने सुनिश्चित हुनेछ,” मन्त्री पौडेलले भने ।

संशोधित निर्देशिकाले विपन्न नागरिक उपचार कार्यक्रममार्फत कडा रोगहरूको उपचारमा दिइँदै आएको भुक्तानी अब स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरेको छ । यसअघि स्वास्थ्य सेवा विभाग र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत भइरहेको भुक्तानी प्रक्रिया अब एकद्वार प्रणालीमार्फत बीमा बोर्डले गर्नेछ । तर अस्पताल सूचिकरण, अनुगमन र प्रतिवेदन व्यवस्थापनजस्ता काम भने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नै गर्ने मन्त्रालयले जनाएको छ ।

यो निर्देशिका लागू भएपछि मिर्गौला रोगीलाई निःशुल्क हेमोडाइलाइसिस सेवा, मिर्गौला प्रत्यारोपणमा सात लाख पचास हजार रुपैयाँसम्मको सुविधा र मासिक पाँच हजार जीवन निर्वाह भत्ता उपलब्ध हुनेछ । त्यस्तै मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियासहित आठ प्रकारका गम्भीर रोगको उपचारमा तीन लाखसम्मको सुविधा पाइनेछ । मुटुको भल्भ सर्जरीका लागि १५ वर्षमुनि र ७५ वर्षमाथिका बिरामीलाई गंगालाल तथा मनमोहन अस्पतालमार्फत निःशुल्क अपरेशन सुविधा दिइनेछ भने बीमा कार्यक्रममार्फत थप दुई लाख रुपैयाँको सुविधा पनि उपलब्ध हुनेछ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने प्रतिबद्धता आफूले कार्यभार सम्हाल्दाखेरि नै सार्वजनिक गरेको स्मरण गराउँदै यस निर्देशिका संशोधन त्यही प्रतिबद्धताको कार्यान्वयन भएको स्पष्ट पारे । उनका अनुसार गम्भीर रोगको उपचारमा बिरामीलाई आर्थिक भार कम गर्ने, नागरिकको सहभागिता बढाउने र स्वास्थ्य क्षेत्रमा वित्तीय अनुशासन कायम गर्ने उद्देश्य यस निर्देशिकाको मूल ध्येय हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतमा छरपस्ट कार्यक्रम र तथ्याङ्कको अभावले वास्तविक लाभग्राहीलाई पहिचान गर्न कठिनाइ हुने गरेको उल्लेख गर्दै अब बीमा प्रणालीमार्फत कुन नागरिकले कहाँबाट कति सुविधा पाएको हो भन्ने स्पष्ट अभिलेख हुने बताए । यसले दोहोरो दाबीको सम्भावना अन्त्य गर्ने र राज्यको लगानी सही व्यक्तिसम्म पुग्ने सुनिश्चितता दिने विश्वास उनले व्यक्त गरे ।

यससँगै विपन्न नागरिक उपचार कार्यक्रम औपचारिक रूपमा स्वास्थ्य बीमा बोर्डको संरचनामा प्रवेश गरेको छ । मन्त्रालयको विश्वास छ, यसले स्वास्थ्य क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको नयाँ अभ्यासलाई बल पुर्‍याउनेछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...