मन्थलीमा मोतियाबिन्दु शल्यक्रिया शिविर हुँदै

रामेछाप । तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सर्जिकल आँखा केन्द्रको संयुक्त आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आगामी भदौ १३ र १४ गते तामाकोसी अस्पतालमा हुने दुई दिने शिविरमा करिब १५० बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।

जिल्लाका विभिन्न स्थानमा गरिएको आँखा परीक्षणमा मोतियाबिन्दुको समस्या देखिएका बिरामीलाई छनोट गरी शल्यक्रिया गरिनेछ । रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङका अनुसार शल्यक्रियापछि आवश्यक पर्ने केही आधारभूत सेवा भने निःशुल्क उपलब्ध गराइनेछ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित १० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी हुनेछन् । शल्यक्रिया मेसिन र हात दुवै विधिबाट हुने बताइएको छ ।

आयोजकका अनुसार यो शिविर रामेछापसँगै छिमेकी जिल्ला दोलखा, सिन्धुली र काभ्रेलाई समेत लक्षित गरिएको छ । मोतियाबिन्दुका कारण दृष्टि गुमाउने अवस्थामा पुगेका ग्रामीण भेगका बिरामीका लागि यो शिविर प्रभावकारी हुने अपेक्षा गरिएको छ

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

दिल्लीमा २ करोड बढीको चोरी गर्ने दुई नेपाली पक्राउ

दिल्लीमा २ करोड बढीको चोरी गर्ने दुई नेपाली पक्राउ

भारतको नयाँ दिल्लीमा करोडौँको चोरी गरी नेपाल फरार भएका दुई जनालाई प्रहरीले बहुमूल्य सामानसहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाजुरा खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र बुढीगंगा...

ढुङ्गा खस्दा टिपर चालकको मृत्यु

ढुङ्गा खस्दा टिपर चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिकास्थित एक ढुङ्गा खानीमा माथिबाट खसेको ठूलो ढुङ्गाले टिपर च्याप्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। थाक्रे–७ राम्चेमा सञ्चालित बज्रकाली रोडा ढुङ्गा उद्योगको खानीमा शुक्रबार यो दुर्घटना भएको हो। बा५ख ८५८० नम्बरको टिपरमा ढुङ्गा लोड गर्ने क्रममा...

यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु

यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु

पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा आज (शुक्रबार) बिहान प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ निवासी ३५ वर्षीय गोपाल भट्टराई रहनुभएको छ। जिल्ला प्रहरी कार्यालय...