धादिङमा वडा सदस्यविरुद्ध जातीय विभेदको उजुरी, प्रहरीको अनुसन्धान सुरु

धादिङ । निलकण्ठ नगरपालिका–१०, ज्यामरुङका वडा सदस्य हिमप्रसाद पाठकविरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी उजुरी परेको छ। स्थानीय रामबहादुर विसुन्खेले खेतमा पानी लगाएको निहुँमा आफूलाई जातीय आधारमा गालीगलौज गरेको भन्दै पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

उजुरीसँगै प्रहरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय धादिङका नायब उपरीक्षक (डिएसपी) सुवास हमालले पुष्टि गरे। उनले भने, “हामीले हिजो मात्रै उजुरी लिएका छौं। अनुसन्धान थालिसकेका छौं। घटनाका प्रत्यक्षदर्शीहरूको बयान लिने काम भइरहेको छ।”

विसुन्खेले गत साउन १९ गते रोपाइँका लागि पाइपमार्फत पानी लगाउने क्रममा वडा सदस्य पाठकले गालीगलौज गर्दै आफूलाई जातीय रूपमा अपमान गरेको दाबी गरेका छन्। उनका अनुसार, “मैले मागेर पानी लगाएको थिएँ। तर उहाँले आएर रोक्नुभयो। मैले कारण सोध्दा उल्टै ‘तँ चमारे, मसँग मुखमुखै लाग्छस्’ भन्दै गाली गर्नुभयो। त्यसपछि अश्लील शब्द प्रयोग गर्दै खुकुरी ताकेर मार्ने धम्की दिनुभयो।”

विसुन्खेले सुरुवाती दिनमै उजुरी नदिएको तर पछि आफूलाई नै उल्टै दोष लगाइएको र कुटपिट समेत गरिएको आरोप लगाउँदै मुद्दा दर्ता गराएको बताए। उनका अनुसार, “गाउँकै मान्छे भएकाले उजुरी गर्नु पर्दैन भन्ने सोचेँ। तर पछि उहाँले मेरो श्रीमतीलाई दुर्व्यवहार गरेको भन्दै उल्टै आरोप लगाउनुभयो। त्यसपछि म बाध्य भएर उजुरी गर्न गएँ।”

तर, वडा सदस्य पाठकले भने आफ्नाविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आफू पीडित भएको दाबी गरेका छन्। उनले भने, “मेरो मुहानको पानी उनले लगाएका रहेछन्। पानी छोडिदेऊ भन्दा मानेनन्। त्यसपछि सम्झाउन गएका मात्र हुँ। तर उल्टै मलाई पिटपिटेजस्तो गरे। मेरी श्रीमतीमाथि पनि दुर्व्यवहार भएको छ।” उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको र प्रत्यक्षदर्शीका बयानपछि मात्र कानुनी प्रक्रिया अघि बढ्ने जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

शनिबारदेखि परेको अविरल वर्षा र रोशी खोलाको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड सोमबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार साँझसम्म सडक खुलाउने प्रयास गरे पनि पुनः वर्षा भएपछि डाइभर्सन निर्माणमा अवरोध पुगेको हो। विशेषगरी...

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

- किरण गिरी हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने - यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन - २१ फाल्गुनको चुनावमा आयो त ।उनीहरुले फेरि...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...