दोरम्बा हत्याकाण्ड : डाँडाकटेरी सुनसान, माओवादी बिर्सँदै घटना

रामेछाप, २२ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मृति दिवस यस वर्ष सुनसान रह्यो । विगतमा हरेक वर्ष दोरम्बाको डाँडाकटेरीमै विशेष कार्यक्रम हुने गरेको स्मरण दिवस यसपटक भने सदरमुकाम मन्थलीमा मात्र अन्तरक्रिया गरेर मनाइयो । माओवादी केन्द्रले आफ्नै इतिहासलाई बिर्सँदै गएको टिप्पणी स्थानीयमा बलियोसँग उठ्न थालेको छ । विगतका वर्षहरुमा दोरम्बाको डाँडाकटेरीमै स्मृति दिवसका विशेष कार्यक्रम हुने गर्थे । सो स्थलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू समेत उपस्थित हुने गरेका थिए । तर यसपटक भने डाँडाकटेरी सुनसान रह्यो र मन्थलीमा कार्यक्रम सम्पन्न गरियो ।

२०६० साल साउन ३१ गते बिहान, बैठक र वैवाहिक भोज तयारी भइरहेका घरलाई सेनाले घेराबन्दी गरी बाहिर रहेका एक माओवादीलाई ढाल्यो । बाँकी १९ जनालाई नियन्त्रणमा लिएर हात बाँधेर डाँडाकटेरी पुर्‍याइयो । त्यहाँ लाइनमा उभ्याएर गोली वर्षाइयो ।
त्यस घटनामा स्थानीय युवराज मोक्तान, उनका छोरा लीला मोक्तानसहित २१ जनाको ज्यान गयो । त्यसपछि माओवादीले युद्धविराम भङ्ग भएको घोषणा गरे ।

तर त्यतिले पीडा टुंगिएन । सेनाको कारबाहीपछि माओवादी पक्षबाट पनि ‘सुराकी गरेको’ आरोपमा गाउँकै केही मानिसहरूलाई सजाय दिइयो । गाउँ सुनसान बन्यो, धेरै परिवार विस्थापित भए, आजसम्म पनि सबै फर्किएका छैनन् । आज डाँडाकटेरीमा एउटा स्मारक बनेको छ । तर पीडित परिवारका लागि त्यो पर्याप्त छैन । उनीहरू अझै न्यायको प्रतीक्षामा छन् ।

यसवर्षको स्मृति दिवसमा मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा माओवादी नेता श्यामकुमार श्रेष्ठ, डिल्लीमान तामाङ, मैनकुमार मोक्तानलगायतले हत्याकाण्ड स्मरण गरे । नेपाली काँग्रेस, एमालेका नेताहरू र मानवअधिकारकर्मीहरूले पनि पीडित परिवार अझै न्यायविहीन रहेकोमा जोड दिए ।

डाँडाकटेरी सुनसान रहँदा स्मृति दिवस “औपचारिकता मात्र” मा सीमित भएको देखिन्छ । स्थानीयहरूको भनाइमा, माओवादी नेतृत्व आफैंले आफ्नै इतिहासलाई क्रमशः खुम्च्याउँदै लगेको सन्देश यस वर्षको स्मृति दिवसले दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...