विश्वासको मतअघि कांग्रेसभित्र विद्रोह, बानियाँ संकटमा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत प्रक्रिया जटिल बन्दै गएको हो।

लामाको नेतृत्वमा रहेका नेपाली कांग्रेसका १४ सांसदले पूर्वसहमति अनुसार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन्। सहमति कार्यान्वयन नभए सामूहिक राजीनामा दिने वा विश्वासको मतमा असमर्थन जनाउने रणनीति लामापक्षले अघि सारेको छ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। तर, पार्टीको संसदीय दलभित्र दुई धार स्पष्ट देखिँदै गएको छ। बानियाँ हाल काठमाडौँमा पार्टीका शीर्ष नेतासँग भेटघाट गरी अनुकूल परिस्थिति बनाउन लबिङमा छन् भने लामा पनि काठमाडौँमै रहेर आफ्ना पक्षका सांसदहरूसँग बैठकमा व्यस्त छन्।

कांग्रेसका सांसद उत्तम जोशीका अनुसार सहमति कार्यान्वयन र सरकारको भविष्यबारे छलफल भइरहेको छ। “राजीनामा भन्दा पनि पार्टीको निर्देशन पालना गर्नुपर्ने हो,” उनले भने, “तर सहमति कार्यान्वयन अनिवार्य छ।” सांसद तीर्थ लामाले पनि पार्टी नेतृत्वको निर्णयलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रदेश सभाको ११० सदस्यीय संरचनामा सरकार जोगाउन ५६ मत आवश्यक छ। एमालेका २७ मत बानियाँको पक्षमा पक्का मानिए पनि कांग्रेसभित्रका १४ मत अनिश्चित बनेका छन्। यदि यी सांसदले असमर्थन जनाए वा फ्लो क्रस गरे, बानियाँको सरकार ढल्ने जोखिम उच्च रहनेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...