गोलन्जोरमा आधारभूत अस्पताल सञ्चालनको तयारी, गाउँपालिका र मदन भण्डारी प्रतिष्ठानबीच सम्झौता

२४ श्रावण २०८२, शुक्रबार

सिन्धुली, २४ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पताल अब सञ्चालनमा आउने भएको छ। यसका लागि गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अस्पताल सञ्चालन तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

गोलन्जोर गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र गाउँपालिका अध्यक्ष शंकरराज बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार अस्पताल सञ्चालनका लागि आवश्यक शैक्षिक तथा क्लिनिकल प्रशिक्षण, समुदायमा आधारित आउटरिच कार्यक्रम, अनुसन्धान, मानव स्रोत आदान–प्रदान, स्वास्थ्य पूर्वाधारको व्यावसायिक विकास तथा नीतिनिर्माणलगायतका क्षेत्रमा प्रतिष्ठानले सहयोग गर्नेछ।

कार्यक्रममा उपकुलपति डा. ज्ञवालीले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताए। गाउँपालिका अध्यक्ष बरालले यस सम्झदारीपछि गोलन्जोरवासीले सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।

गोलन्जोर गाउँपालिकाको केन्द्र ग्वाल्टारमा निर्माण भएको यो अस्पताल सञ्चालनमा आएपछि सिन्धुली मात्र होइन, रामेछाप, ओखलढुंगा लगायतका जिल्लाका बिरामीले पनि लाभ पाउने छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...