नेवारी सांस्कृतिक जागरणसँगै लाखे नाचको सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने लाखे नाच सुरु भएको छ। नाग पञ्चमीको अवसर पारेर मंगलबारदेखि सुरु भएको यो सांस्कृतिक यात्रा साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीसम्म विविध जात्रा र परम्परागत नाचगानका साथ सञ्चालन हुने जनाइएको छ।

‘नेवारी कला–संस्कृति पहिचान बचाऔँ, संस्कृति सभ्यता कायम राखौँ’ भन्ने नाराका साथ नेवाः खलः र नेवाः देय दबूँ रामेछापको संयोजनमा आयोजना गरिएको जात्रामा लाखे नाचसँगै लौरो नाच, धिमे नाच, धिन्ताङ, गाईजात्रा, भजन–कीर्तनजस्ता परम्परागत सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।

नेवारी समुदायको बाक्लो बसोबास रहेको मन्थलीमा यस्ता जात्रा र पर्वहरू परम्परागत रूपमा मनाइँदै आए पनि केही समयदेखि रोकिएको थियो। पछिल्लो समय नयाँ पुस्ताको सक्रियतामा यस्ता परम्पराहरू पुनः सुरु भएका छन्। युवाहरूले नै सांस्कृतिक चेतना फैलाउने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएका यस्ता कार्यक्रमहरूले सांस्कृतिक जागरण ल्याएको स्थानीयको भनाइ छ।

शेखरमान श्रेष्ठका अनुसार, “सांस्कृतिक गतिविधि पुनः सुरु गर्नुको उद्देश्य समुदायमा मौलिकता, आत्मगौरव र सांस्कृतिक उत्तराधिकारको भावना बलियो बनाउनु हो।”

कार्यक्रममा सहभागी स्थानीय युवायुवतीहरू परम्परागत भेषभूषा र बाजागाजासहित झाँकी प्रदर्शन गर्दै नाचगानमा सहभागी भएका छन्। लाखे नाच विशेष आकर्षणका रूपमा रहेको छ, जसमा विशाल मुखुण्डो र नाङ्गा शरीरमा रातो रङ पोतेर प्रदर्शन गरिने यो नाचले धार्मिक, सांस्कृतिक र सामाजिक सन्देश बोकेको आयोजक बताउँछन्।

सांस्कृतिक क्षेत्रका जानकारहरूका अनुसार, यस्ता जात्राले सामाजिक एकता बलियो बनाउनका साथै नयाँ पुस्तालाई आफ्नो मौलिकता र परम्पराबारे अवगत गराउने अवसर पनि प्रदान गर्छ। साथै, सांस्कृतिक कार्यक्रमहरूमार्फत स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...