बागमती प्रदेशमा नेतृत्व गुमाए लामाले: कांग्रेस बागमतीमा गुटगत शक्ति परीक्षणले ल्यायो उल्टो परिणाम

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । दलभित्रको बढ्दो असन्तुष्टि र गुटगत ध्रुवीकरणबीच लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा २२ सांसद उभिँदा उनी अल्पमतमा परेका हुन् ।

कुल ३७ सदस्यीय संसदीय दलमा १५ सांसद मात्र लामाको पक्षमा उभिएपछि उनी नेता पदबाट हटेका हुन् । अविश्वास प्रस्तावमा मंगलबार मन्त्री श्यामबहादुर खड्का समेत राजीनामा दिएर विपक्षमा उभिएपछि प्रस्तावको पक्षमा मत थपिएको हो ।

कांग्रेस केन्द्रको आन्तरिक गुटबन्दीको प्रभाव सिधै प्रदेश तहसम्म देखिएको छ । महामन्त्री गगन थापा निकट सांसदहरू लामाको विपक्षमा खुलेका छन् भने सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह पक्षका सांसदहरू भने दुईतिर विभाजित देखिए ।

शेखर कोइराला पक्षका सांसद रमेश महत र उत्तम जोशीले भने लामाको पक्षमा मत दिएका छन् । यसरी नेतृत्व गुमाउँदै लामाले दलभित्र गहिरो राजनीतिक संकट र शक्ति सन्तुलनको सन्देश पनि छाडेका छन् ।

लामाको पक्षमा उभिएका १५ सांसद:

१. बहादुरसिंह लामा
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. क्षत्रबहादुर बम्जन
९. गीता गुरुङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी

विपक्षमा उभिएका २२ सांसद:

१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तामाङ
११. छिरीङ दोर्जे लामा
१२. मीना पराजुली
१३. याङकिला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ

अब नयाँ संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ । लामाको नेतृत्व गुमेपछि बागमती प्रदेश सरकारको सन्तुलनमा समेत नयाँ समीकरण बन्ने सम्भावना बलियो देखिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...