रामेछापकी चाहाना प्रधान ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधिमा विजयी

काठमाडौं — नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य तथा आकर्षक समारोहबीच ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि रामेछापकी चेली चाहाना प्रधानले जितेकी छन्। सौन्दर्य, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिएको प्रतियोगितामा प्रधानले मुख्य उपाधिसँगै ‘मिस क्रिएटिभ’ र ‘मल्टिमिडिया’ विधामा पनि पुरस्कार हात पार्न सफल भएकी हुन् ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट सहभागी भएका प्रतिस्पर्धीहरूबीच चर्को प्रतिस्पर्धा भएको थियो। निर्णायक मण्डलले समग्र मुल्याङ्कनका आधारमा चार जना युवतीलाई फरक–फरक शीर्षकमा विजेता घोषणा गरेको हो । मिस ग्रान्ड नेपालको उपाधिका साथै गरिमा गुरुङ ‘मिस टुरिजम वर्ल्ड नेपाल २०२५’, स्नेहा केसी ‘मिस सुपर ग्लोबल नेपाल २०२५’ र सञ्जना गुरुङ ‘मिस ग्रान्ड युनिभर्स नेपाल २०२५’ घोषित भए ।

उनीहरूले अब आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। आयोजक संस्थाले प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन आवश्यक सबै खालका तालीम, तयारी र समन्वयमा सहयोग पुर्‍याउने जनाएको छ।

मुख्य उपाधि विजेता चाहाना प्रधानले इभी स्कूटर पुरस्कारस्वरूप प्राप्त गरेकी छन् भने अन्य विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, फेसन र अभिनय तालिमसहित नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसरसमेत पाएका छन्। प्रतियोगिताको कोरियोग्राफी चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मेकअप रोजिना सुवाल र मिना जाकिले सम्हालेका थिए। फोटोग्राफी सन्दीप पण्डितले गरेका थिए भने भिडियोग्राफीको सम्पूर्ण जिम्मा आर.के. ग्रुपले लिएको थियो। प्रतियोगिताका लागि तयार गरिएका आकर्षक पोशाकहरू नविन लुइँटेलले डिजाइन गरेका थिए, जसले मञ्चलाई अझ भव्य बनाएको थियो।

कार्यक्रमको निर्णायक मण्डलमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला र ग्रान्ड जज राम हरि सिलवाल थिए। उनीहरूले सौन्दर्य मात्र होइन, व्यक्तित्व, सामाजिक सोच, सांस्कृतिक ज्ञान र दर्शकद्वारा दिइएको भोटको आधारमा प्रतिस्पर्धीहरूको निष्पक्ष मूल्याङ्कन गरेका थिए।

कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए भने सभापतिमा आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपका प्रमुख राजु श्रेष्ठ रहेका थिए। त्यस्तै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति कार्यक्रममा देखिएको थियो।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले यस कार्यक्रममार्फत सातै प्रदेशबाट सहभागी भएका क्षेत्रीय विजेताहरूलाई समेत ताज पहिराउँदै ‘इन्टरनेशनल रिप्रेजेन्टेशन’ मा समावेश गर्ने जनाएको छ। उनीहरूलाई पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गराइनेछ।

‘मिस ग्रान्ड नेपाल’ प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनको मञ्च नभई महिला सशक्तिकरण, सांस्कृतिक प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसरको रूपमा समेत लिइएको छ। रामेछापकी चाहाना प्रधानले ताज जितेसँगै यो वर्षको मिस ग्रान्ड नेपाल प्रतियोगिता स्मरणीय बनेको छ, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्न लायक प्रतिनिधित्व दिने अपेक्षा गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...