जापानले पैसा बनाउन लग्यो–रामेछापबाट १५ करोडको लोक्ता

Written by meropradesh creator

२९ पुष २०७७, बुधबार

रामेछाप । जिल्लाको उच्च लेकाली भुभागमा किसानहरुले व्यवसायीक रुपमा अर्गेलीबाट उत्पादीत कच्चा पदार्थ लोक्ता जापान सरकारले जापानी ऐन (पैसा) बनाउन बर्षेनी १५ करोड रुपैयाँको लोक्ता लान थालेपछि लेकाली क्षेत्रका किसानहरु यस खेतीतर्फ लागेका छन् ।
अर्गेलीवाट उत्पादित कच्चा पदार्थ लोक्ता जापान निर्यात हुनथालेपछि किसानहरु यस खेतीतर्फ आर्कषित भएका हुन् । रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा अर्गेली खेतीगर्दै आएका किसानहरुले मनग्ये आम्दानी गर्न सफल भएका छन् । अर्गेलीको बोक्रालाई उमालेर तयार पारिएको कच्चा पदार्थ लोक्ता राम्रो मूल्यमा सिधै जापान निर्यात हुन थालेपछि रामेछापको उत्तरी क्षेत्रका किसानहरु अन्य खेती छाडेर यस खेतीतर्फ लागेको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका कृषक निरवहादुर खड्काले जानकारी दिए ।
उनले भने– अन्यवाली लगाउँदा उत्पादन कमी हुने भएको हुँदा सवै खेती छाडेर यस खेतीतर्फ लागेको हुँ, आफ्नो करिव १ सय ५० रोपनी निजी जमिनमा लगाइएको अर्गेलीवाट वार्षिक ३० लाख रुपैयाँ सहजै कमाई हुने गरेकाले यस खेतीलाई स्थानिय अन्य किसानहरुले समेत व्यवसायिक रुपमा शुरु गर्न लागेको बताए ।
वार्षिक ३० टन लोक्ता रामेछापवाट जापान निर्यात हुने गरेको छ । यसवाट किसानले प्रति टन ५ लाख रुपैयाँको दरले १५ करोड रुपैयाँ बार्षिक आम्दानी गर्ने गरेका   छन् । कच्चापदार्थ विक्रीवाट राम्रो आम्दानी हुने भएपछि यस खेतीलाई थप विस्तार गर्न किसानहरुलाई गोकुलगंगा गाउँपालिकाले गएको आर्थिक वर्षवाट अनुदान रकम दिन शुरु गरेको छ । यस खेतीलाई थप विस्तार गर्न किसानहरुलाई रकम वितरण गर्न लागिएको गोकुलगंगा गाउँपालिकाका वडा नं–१ का वडा अध्यक्ष मणिकुमार लामाले जानकारी दिए ।


अर्गेलीवाट उत्पादित कच्चा पदार्थ लोक्ता किसानहरुले रामेछापवाट विक्रीको लागि ललितपुर जिल्लाको सातदोवाटोमा रहेको मिचुमाता कम्पनीमा पुर्याउने गरेका छन् । त्यस कम्पनी मार्फत ती कच्चापदार्थ जापान निर्यात हुने गरेको छ । अग्रेलीको बोटको फेदको भागको बोक्रवाट खाम, फायल वनाउन प्रयोग गरिन्छ, त्यस्तै विचको भागवाट नेपाली कागज वनाउने र टुप्पोको भागवाट जापान सरकारले जापानी ऐन (पैसा) बनाउन प्रयोगको लागि रामेछापवाट लोक्ता जापान लैजान लागेपछि यस खेतीतर्फ किसानहरु लागेका हुन् ।
बर्षको ३ महिना मात्रै कच्चापदार्थ उत्पादन हुने यो खेतीवाट स्थानिय युवायुवतीहरुले पनि गाउँमै रोजगारी पाएका छन् । अर्गेलीको बोक्रा तास्ने, तताउने, पेल्ने लगाएतको कामवाट मासिक २० हजार देखी ३० हजार रुपैयाँसम्म गाउँमै बसेर आम्दानी हुन थालेपछि वाह्य स्थानमा कामको खोजीमा जानु पर्ने समस्या हटेको स्थानिय प्रेमवहादुर खड्काले जानकारी दिए ।
उनले भने–काम अनुसारको पैसा पनि राम्रै पाइएको छ । तर अर्गेलीको हरियो रुख हुँदै त्यसवाट वोक्रा निकाल्नु पर्ने भएकाले यो सिजनमा मात्रै हुने काम हो । यस खेतीलाई विस्तार गरेर अर्को सिजनमा पनि लगाउने र धेरै खेतीगर्ने हो भने कामको लागि गाउँ छाडेर अन्यत्र जानु पर्दैन्थ्यो । यस खेतीलाई स्थानिय गाउँपालिकाले पनि विस्तार गरे आफु जस्ता युवायुवतीले गाउँमै रोजगार पाउने थिए कृषक खड्काले वताए ।
अर्गेली खेती चुचुरेमा हाल २५ जना किसानहरुले यस खेतीको शुरुवात गरेका छन् । सिजनमा यस खेतीमा कामगर्न करीव ५० जनाले रोजगारी समेत पाएका छन् । रोजगारीमा जाने युवायुवतीहरुले विहान वेलुका आफ्नो घरको काम सकेर दिउँसोको समयमा अर्गेलीको कच्चापदार्थ निमार्णको लागि काममा जाने गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...