कांग्रेसको महाधिवेशन २०८३ मंसिर अघि हुनुपर्छ -महामन्त्री थापा

२३ असार २०८२, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८३ सालको मंसिरभन्दा अघि नै गरिनुपर्ने बताएका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्दै थापाले संवैधानिक र कानुनी हिसाबले पनि मंसिरपछि महाधिवेशन गर्न सकिने अवस्था नरहने स्पष्ट पारे । ‘मंसिरअघि नै सकेसम्म चाँडो महाधिवेशन गर्‍यौं भने पार्टीलाई आन्तरिक रूपमा तयारी गर्न सहज हुन्छ’, उनले भने ।

थापाले महाधिवेशनको पक्ष र विपक्षमा नेताहरू छुट्टिएको जस्तो भ्रम नफैलाउन पनि आग्रह गरे । ‘कोही महाधिवेशन गर्न चाहन्छन्, कोही चाहँदैनन् भन्ने प्रचार भइरहेको छ, तर त्यस्तो होइन,’ उनले भने, ‘हामी सबै महाधिवेशन समयमै होस् भन्नेमा सहमत छौं ।’

क्रियाशील सदस्यता नवीकरणको विषयमा बोल्दै उनले पार्टीका नेताहरूलाई आफ्नै क्षेत्रको सदस्यता स्थिति बुझेर काम गर्न आग्रह गरे । उनले काठमाडौं–४ मा सदस्यता नवीकरण पहिल्यै सकिएको उदाहरण दिँदै अन्य नेताहरूलाई पनि सक्रिय हुन भने ।

थापाका अनुसार नयाँ सदस्यता वितरण गर्दा समुदाय, मतदाता संख्याजस्ता कुरालाई आधार बनाइनेछ । ‘उदाहरणका लागि चितवनले सबैभन्दा बढी सदस्यता नवीकरण गरेको छ,’ उनले भने, ‘अब संघीय निर्वाचनको परिणामसमेत आधार बनाएर अगाडि बढ्न सकिन्छ ।’

महाधिवेशनबारे बाहिर भ्रम नफैलाउन अनुरोध गर्दै थापाले भने, ‘पार्टीका नेताहरूले महाधिवेशनबारे कुनै तयारी छैन भन्ने कुरा बाहिर नबोल्नुस्, छलफल गर्नुपर्ने भए सभापति वा नेतृत्वसँगै कुरा गर्नुपर्छ ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...