उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु, ३० जना सहभागी

रामेछाप — ‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल नारासहित रामेछापको उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु भएको छ। गाउँपालिकाको आयोजना र नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रिट काठमाडौँको प्राविधिक सहयोगमा आइतबारबाट सुरु भएको तालिम असार २८ गतेसम्म सञ्चालन हुनेछ।

गाउँपालिका क्षेत्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभयो। कार्यक्रम उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिजित सुनुवारको अध्यक्षतामा सुरु भएको हो।

तालिममा प्रशिक्षक बालकृष्ण खलाल र भीमप्रसाद आचार्यले योग अभ्यास, ध्यान, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन र तनाव व्यवस्थापनबारे प्रशिक्षण दिइरहेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रशासकीय प्रमुख सुनुवारले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा विस्तार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। विशेषगरी मानसिक तनावबाट पीडित व्यक्तिहरूलाई लाभ पुग्ने गरी शिक्षक र स्वास्थ्यकर्मीहरू सक्रिय हुनुपर्ने उहाँको भनाइ छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सकारात्मक सोच र जीवनशैली विकास गर्न तालिम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा तालिमका लागि गाउँपालिकाले ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...