दोरम्बा शैलुङमा पहिरोको त्रास : गोठ पुरिँदा गाई–बाछोको मृत्यु, पाँच घर अझै उच्च जोखिममा

रामेछाप, असार ९ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित चिहान खोलामा आइतबार राति गएको पहिरोले स्थानीयको गोठ र घरमा क्षति पुर्‍याएको छ। लगातारको झरीसँगै गएको पहिरोले चेली बसेलको गोठ पुरिँदा गोठभित्र रहेका एक गाई र एक बाछोको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो।

त्यसैगरी, सोही स्थानका झगरसिं बसेलको घर पनि पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। रातको समयमा पहिरो गएको भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ।

घटनापछि गाउँपालिका अध्यक्ष मोक्तान, उपाध्यक्ष खमला थापामगर सहित स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली सोमबार बिहानैदेखि घटनास्थलमा खटिएको छ। घटनाको स्थलगत अवलोकन गरी तत्काल राहत तथा पुनःस्थापना प्रक्रिया अघि बढाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

चिहान खोलास्थित १२ घरमध्ये अन्य पाँचवटा घर अझै पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। लगातारको वर्षासँगै जमिन चिप्लिएको र थप वर्षा भएमा थप क्षति हुने सम्भावना रहेकाले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको छ।

स्थानीयवासीका अनुसार सो क्षेत्र पहिरोको दृष्टिकोणले अति संवेदनशील क्षेत्रका रूपमा चिनिँदै आएको छ। अघिल्लो वर्ष भदौ महिनामा यही वडाको लेखर्क बस्तीमा गएको ठूलो पहिरोमा १० जनाले ज्यान गुमाएका थिए। त्यसयता स्थानीयमा पहिरोप्रति त्रास बढ्दो छ।

गाउँपालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न तथा राहत र पुनःस्थापनाका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गर्ने बताएको छ। प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थलमा सार्न तयारी भइरहेको र खाद्यान्न तथा आश्रयको व्यवस्थापनमा प्राथमिकता दिइने जनाइएको छ।

यसबीच, जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई आवश्यक सहयोगका लागि आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...