तामाकोशीमा निर्माणाधीन पुल भाँचिँदा स्थानीय चिन्तित

रामेछाप, ८ असार ।
रामेछापको सदरमुकाम मन्थलीसँग जोडिएको कुनाउरीमा निर्माण भइरहेको तामाकोशी नदीको पक्की मोटरेबल पुल आइतबार दिउँसो भाँचिएको छ । मन्थली नगरपालिका–६ स्थित भलुवाखोला र वडा नं. ७ को ठेडिखोला जोड्ने पुल निर्माणको क्रममा स्पानसहितको भाग एक्कासी पिल्लरबाट भाँचिएर भुइँमा खसेको हो ।

करिब दुई महिनाअघि पनि पुलको बीचको स्पान चिरा परेर भाँचिएको थियो । त्यतिबेला प्राविधिकहरुले मर्मत सम्भव हुने प्रतिवेदन दिएपछि निर्माण कम्पनीले काम अघि बढाएको थियो । सोही स्पान मर्मतकै क्रममा पुनः भाँचिएको हो । स्थानीय यज्ञप्रसाद ढुंगेलका अनुसार मर्मतको काम भइरहेकै बेला पुलको बीच भाग अकस्मात भत्किएको हो । मन्थली–७ का निवर्तमान वडाध्यक्ष सुदर्शन प्रसाईले पिल्लरसहितको भाग झरेको जानकारी दिएका छन् ।

घटना थाहा पाउनेबित्तिकै स्थानीयवासी ठूलो संख्यामा पुल निर्माण स्थलमा जम्मा भएका थिए । निर्माणको अन्तिम चरणमा पुगेको पुल यसरी भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । लामो समयदेखि पर्खंदै आएको विकास पूर्वाधार निर्माणमै भत्किनुले निर्माण कार्यको गुणस्तरप्रति प्रश्न उठाएको उनीहरूको गुनासो छ ।

सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा कालिका–कल्पवृक्ष जेभीसँग २२ करोड ५५ लाख ४ हजार रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । चार स्पानसहित २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल भदौ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको थियो । तर हालसम्म ठेकेदार कम्पनीले सम्झौता रकमको झण्डै ६० प्रतिशत भुक्तानी लिइसकेको छ ।

पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडक खण्ड हुँदै तराईका जिल्लासम्मको दूरी छोटिने र राजधानी काठमाडौँ आवतजावत समेत सहज हुने अपेक्षा गरिएको थियो । साथै, यस पुललाई मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गको रूपमा समेत हेरिएको छ ।

तर निर्माणकै क्रममा दुईपटक स्पान भाँचिएपछि पुलको भविष्य अन्योलमा परेको छ । निर्माण कम्पनीको लापरवाही र कमजोर प्राविधिक मूल्यांकनका कारण यस्तो अवस्था आएको स्थानीयको आरोप छ । अब सम्बन्धित निकायको जवाफदेहिता र आगामी समाधानको बाटो के हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...