गोलन्जोर गाउँपालिकाले नीति सार्वजनिक गर्दा आन्तरिक छलफलबारे उठ्यो जिज्ञासा

सिन्धुली, असार ७ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम शनिबार १७औँ गाउँसभामार्फत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शंकर राज बरालले गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विविध क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा आयुर्वेद, खानेपानी, सरसफाइ, महिला, बालबालिका तथा जेष्ठ नागरिक, कला–संस्कृति, सडक–पुल, सिँचाइ र भवन तथा सहरी विकास क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ।

स्थानीय विशेषताअनुसार योजना समावेश

गोलन्जोर गाउँपालिका जुनार उत्पादनका लागि परिचित भएकोले ‘जुनार ब्रान्डिङ’, बजार विस्तार र महोत्सव आयोजना गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ। साथै, गाउँपालिकाभित्र रिङ्गरोड निर्माणको अवधारणा ल्याइने, हायु भाषाको संरक्षणका लागि हायु संग्रहालय निर्माण गरिने, हरेक घाटमा मलामी विश्रामस्थल र शौचालय निर्माण गरिने उल्लेख छ।

स्वास्थ्य बीमा, ‘एक घर, एक धारा’ योजना, विपन्न नागरिकलाई निःशुल्क विद्युत मिटर वितरण, डिजिटल नागरिक वडापत्र सुरु, बाँदर नियन्त्रणका लागि वन क्षेत्रमा फलफूल खेतीको प्रवर्द्धन, तथा विपद् व्यवस्थापनका लागि वडा र पालिका तहमा भण्डारण गोदाम निर्माण जस्ता कार्यक्रमसमेत समावेश गरिएको छ।

वडाध्यक्षको आपत्ति : ‘पूर्वसल्लाहबिनै कार्यक्रम सार्वजनिक’

गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने शैलीप्रति वडा नं. ६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले गम्भीर असहमति जनाउनुभएको छ। उहाँले “गाउँसभा सदस्यहरूले धारणा राख्न पाउनु पर्ने संवैधानिक अधिकार कुण्ठित गरिएको” भन्दै औपचारिक रूपमा नोट अफ डिसेन्ट लेख्नुभएको छ।

“कुनै बैठक नबसी, वडाध्यक्षहरूसँग छलफल नगरी, एकलरूपमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसरी गरिने अभ्यास लोकतान्त्रिक विधिसँग मेल खान्न।”

गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते प्रस्तुत गरिने जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...