बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकको (पूर्णपाठ)

हेटौँडा, १ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। तर, बजेट ल्याउने प्रकृया सहज भने रहेन।

यस वर्षको बजेट सार्वजनिक गर्न दिउँसो ३ बजे बैठक बोलाइए पनि सत्तारुढ गठबन्धनभित्रै बजेटको आकारलाई लिएर मतभेद देखिएपछि बैठक साँझ साढे ८ बजे मात्र सुरु भएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्ब रुपैयाँको बजेटमा सहमति भइसकेको थियो। तर, अन्तिम समयमा मन्त्रालयहरूको माग र समायोजनका कारण बजेटको प्रारम्भिक आकार झण्डै ४ अर्बले बढाइएको थियो।

बजेट प्रस्तुति सुरु गर्दा मन्त्री काफ्लेले ‘७६ अर्ब’ भन्ने शब्द प्रयोग गरेपछि सभामा हलचल मच्चिएको थियो। उनले तुरुन्तै आफ्नो गल्ती सच्याउँदै ६७ अर्ब ४७ करोड ७३ लाख बजेट पेश गरिएको स्पष्ट पारेका थिए।

प्रस्तुत बजेटमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत छुट्याइएको छ।

बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ। साथै, बजेट कार्यान्वयनका लागि कर तथा राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख, अन्य आम्दानी स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख, संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणमार्फत ४१ अर्ब ८१ करोड ९३ लाख र सञ्चित कोष तथा विविध स्रोतबाट १६ अर्ब ९८ करोड ९४ लाख बराबरको रकम जुटाइने उल्लेख छ।

यद्यपि बजेटको प्राथमिकता विकासमै केन्द्रित देखिए पनि कार्यान्वयन क्षमता र बजेट खर्चको गति बढाउन सकिएन भने नतिजा अपेक्षा अनुसार नआउने चिन्ता गरिएको छ। राजनीतिक असहमति र ढिलासुस्तीले यस वर्ष पनि बजेट कार्यान्वयनमा अवरोध आउन सक्ने आशंका गरिएको छ।

बागमती सरकारले प्रस्तुत गरेको बजेटबाट समावेशी विकास, क्षेत्रीय सन्तुलन र समृद्धिको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ। अब बजेटभन्दा पनि यसको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ।


Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...