खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

३० जेष्ठ २०८२, बिहीबार

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो।

कोषका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा कोषका पदाधिकारी, सदस्य र सल्लाहकार समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले साधारण सभामा गरिएको खर्चलाई स्वीकृति दिएको छ भने कोषका अन्य प्रशासनिक तथा व्यवस्थापकीय विषयमा पनि निर्णय लिएको छ।

कोषका आजीवन सदस्यहरूको अभिलेखीकरणलाई व्यवस्थित गरिने। मन्दिर परिसरमा छाडा चौपाया छोड्न प्रतिबन्ध लगाइने। मन्दिर परिसरको बगैँचा सुन्दर ढंगले व्यवस्थापन गरिने। पर्खालसँग रहेका टहरामा पूजाका सामग्रीबाहेक अन्य कुनै सामग्रीको बिक्री निषेध गरिने। पुजारीले मन्दिर क्षेत्रबाहिर मादक पदार्थ सेवन गरेमा निष्कासन गरिने। निर्माणाधीन अस्थायी प्रहरी पोस्ट भवन छिटो सम्पन्न गरी प्रहरीको बसोबासको व्यवस्था मिलाइने। क्तजनहरूले चढाएको नगद तथा गहनाको अभिलेखीकरण गरिने।

बैठकपछि अध्यक्ष तामाङले “खाँडादेवी मन्दिरको धार्मिक गरिमा जोगाउँदै परिसरलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने अभियानलाई थप सुदृढ बनाउने” प्रतिबद्धता व्यक्त गरे।

खाँडादेवी मन्दिरलाई शक्ति पीठका रूपमा चिनिन्छ। यसको उल्लेख शिव पुराणदेवी भागवतजस्ता धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ। वि.सं. २०७० मा स्थापना भएको खाँडादेवी विकास कोषले मन्दिरको पुजारी व्यवस्थापन, बलि प्रबन्ध, भक्तजनको सेवा सुविधा, संरचना निर्माण, र प्रचार–प्रसारमा निरन्तर काम गर्दै आएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...