समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।
तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई प्रहरी टोलीले फेला पार्न सकेन। उहाँ घरमा नभेटिएपछि प्रहरी टोली फिर्ता भएको जनाइएको छ ।
पत्रकार पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक विथ दिलभूषण पाठक’ मा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनीहरूका छोरा जयवीर देउवाको लगानीबारे सामग्री प्रसारण गर्नुभएको थियो। जयवीर देउवाको नक्सालस्थित हिल्टन होटलमा रहेको लगानीसम्बन्धी दाबी राखिएको उक्त भिडियोप्रति आपत्ति जनाउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो । उक्त उजुरीका आधारमा ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।
समाचार सामग्रीका विषयमा प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउने वैधानिक व्यवस्था हुँदाहुँदै पनि पत्रकार पाठकमाथि प्रत्यक्ष फौजदारी कारबाही प्रक्रिया अघि बढाइएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
सञ्चारकर्मीमाथिको यस्तो व्यवहारले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै विभिन्न सञ्चारकर्मी संगठन तथा विज्ञहरूले आपत्ति जनाएका छन्।
यस घटनाक्रममा पाठकले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाललाई औपचारिक पत्रमार्फत जानकारी गराउँदै सहयोगको याचना गर्नुभएको छ ।
“प्रशारण सामग्रीप्रति असहमति भए मसँग प्रत्यक्ष सम्वाद हुनुपथ्र्यो। त्यसपछि पनि समाधान नभएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने कानुनी प्रक्रिया हो। तर, सिधै विद्युतीय अपराध ऐन अन्तर्गत पक्राउ गर्न खोजिनुले गम्भीर आशंका जन्माएको छ ।“
पाठकले अहिलेसम्म आफूविरुद्ध परेको उजुरीको प्रतिलिपि, आरोपबारेको स्पष्टता, वा प्रहरी अधिकारीबाट औपचारिक जानकारी समेत नपाएको बताउनुभएको छ।

उहाँले थप भन्नुभएको छ —“मिडियामार्फत मलाई खोजी गरिरहेको सूचना प्राप्त भए पनि प्रहरी अधिकारीहरूबाट कुनै औपचारिक सम्पर्क भएको छैन । त्यसैले, सम्बन्धित निकायहरूबाट तथ्य, प्रक्रिया र अधिकारसम्बन्धी स्पष्ट जानकारी पाउन सहयोग गरिदिन अनुरोध गर्दछु ।“
यो घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रिया माथि गम्भीर हस्तक्षेपको संकेत दिएको भन्दै सञ्चारमाध्यम र पत्रकार महासंघहरू सक्रिय हुन थालेका छन् ।
संविधानले संरक्षण गरेको पत्रकारको स्वतन्त्रताको प्रयोगलाई सिधै फौजदारी अपराधतर्फ मोडिन खोजिएको घटना भन्दै प्रेस काउन्सिल, महासंघलगायत सरोकारवालाहरूको औपचारिक धारणा आउन बाँकी छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...