मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीद्वारा उद्घाटन हुने ‘अल्ट्राभोइलेट राइड: काठमाडौंदेखिधुलिखेलसम्म

२९ जेष्ठ २०८२, बुधबार

‘अल्ट्राभोइलेट राइड’ कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) आयोजना हुँदैछ। उक्त राइडको उद्घाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्नेछिन्।

कार्यक्रमको सुरुवातमा, बिहान ७:०० बजेदेखि ८:०० बजेसम्म नक्सालस्थित अल्ट्राभोइलेट शोरूममा मिस नेपाल आश्मा केसीसँग विशेष भेटघाट (Meet & Greet) को अवसर प्रदान गरिनेछ। सहभागी तथा शुभेच्छुकहरूलाई सो समयमा सहभागी भई मिस नेपालसँग भेटघाट गर्न आमन्त्रित गरिन्छ।

केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार, राइड नक्सालस्थित शोरूमबाट सुरु भई नयाँ बानेश्वर – भक्तपुर – बनेपा हुँदै धुलिखेलमा पुगेर समापन हुनेछ।

यस राइडमा अल्ट्राभोइलेट बाइकका साथै २५० सीसीभन्दा माथिका अन्य कम्पनीका बाइक राइडरहरू पनि सहभागी हुनेछन्।
कोइरालाका अनुसार, अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको हो।

राइडमा सहभागी हुने इच्छुक राइडरहरूले आफ्नै बाइक र पेट्रोलको व्यवस्था गर्नुपर्नेछ, भने अन्य सबै व्यवस्थापन आयोजक कम्पनीले गर्नेछ।

नेपाल को १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा अल्ट्रावायलेट लामो समय देखि बिक्रि वितरण गर्दै आइरक्खेको छ। अल्ट्रावायलेट एउटा उच्च खण्डको प्रतिष्ठित बाइक हो। अल्ट्रावायलेट प्रेमियम खण्डमा पर्दछ र यसको शोरुम नेपालको नक्सालमा रहेको छ।

📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
९८०२३५६३१०

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...