रामेछापको बोलङबोलङमा भिनाजुको खुकुरी प्रहारमा सालोको हत्या, अभियुक्त पक्राउ

२९ जेष्ठ २०८२, बुधबार

रामेछाप नगरपालिका–४, हिमगंगा बोलङबोलङमा मंगलबार दिउँसो भएको एक दर्दनाक घटनामा आफ्नै भिनाजुले सालोको खुकुरी प्रहार गरी हत्या गरेका छन्।

५३ वर्षीय लवकुमार थापा मगर घरमा नानीहरू हेरिरहेका बेला भिनाजुले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। स्थानीयवासीका अनुसार, दिउँसो करिब ३:३० बजेतिर कानमुनी खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा थापा मगरको शव फेला परेको थियो।

हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले केही घण्टामै सिन्धुली जिल्लाको च्याखुटारबाट नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।

स्थानीयको भनाइअनुसार, घटनाका बेला मृतककी श्रीमती बाख्रा चराउन गएकी थिइन् भने गाउँका अधिकांश मानिसहरू बालमैत्री वडा घोषणा कार्यक्रममा सहभागी भइरहेका थिए। यही मौका पारेर अभियुक्तले योजनाबद्ध रुपमा हत्या गरेको आशंका गरिएको छ।

थापा मगर र उनका भिनाजुबीच विगत १०–१२ दिनदेखि सामान्य पारिवारिक विवाद चलिरहेको बताइएको छ। तर, घटना यति हिंसात्मक मोड लिनेछ भन्ने कसैले अनुमान गरेको थिएन।

घटनास्थलमा प्रतिकारको कुनै संकेत नदेखिएको प्रहरीको भनाइ छ। हाल घटनास्थललाई साँघुटार प्रहरीले नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय रामेछापबाट अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...