एआईमार्फत उत्तरदायी पत्रकारितातर्फको अग्रसरता : फोनिज बागमती प्रदेशद्वारा दुई दिने तालिम सम्पन्न

भक्तपुर, जेठ २५ – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले आयोजना गरेको “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” विषयक दुई दिने तालिम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा तालिम २०८२ साल जेठ २३ र २४ गते सम्पन्न भएको हो।

तालिमको उद्घाटन समारोहमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। फोनिजका संघीय महासचिव तथा तालिमका प्रशिक्षक समिर बालामी विशेष अतिथि रहनु भयो भने कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले गर्नुभयो। कार्यक्रममा तामाङ पत्रकार संघका साइला लामा र नेवा पत्रकार राष्ट्रिय दबुका नृपेन्द्रलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बागमती प्रदेशअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, रामेछाप र दोलखा जिल्लाबाट सहभागी भएका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको तालिममा फोनिज सदस्यहरू सहित नयाँ प्रविधिमा चासो राख्ने सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

प्रशिक्षक समिर बालामीले पत्रकारिता क्षेत्रमा एआईको प्रयोगबारे विस्तृत जानकारी दिँदै समाचार लेखन, अनुसन्धान, डाटा विश्लेषण, फ्याक्ट-चेकिङ तथा बहुभाषिक अनुवादजस्ता क्षेत्रमा एआईको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिनुभयो। सहभागीहरूलाई व्यावहारिक अभ्यास गराउँदै उनले एआईको प्रयोगबाट पत्रकारितामा आउने अवसर र चुनौतीबारे समेत चर्चा गर्नुभयो।

समापन सत्रमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। उहाँले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। साथै, प्रविधि र विविधताबीच सन्तुलन खोज्दै यस्ता कार्यक्रमहरूलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले तालिमले डिजिटल युगमा पत्रकारिताको नयाँ ढोका खोलेको बताउँदै आगामी दिनमा अझ व्यापक रूपले यस्ता कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको जानकारी दिनुभयो।

उक्त तालिमले आदिवासी जनजातिका पत्रकारहरूबीच प्रविधिको पहुँच विस्तार, प्रतिस्पर्धात्मक सशक्तीकरण र जिम्मेवार पत्रकारिता प्रवर्द्धनमा एआईको सकारात्मक प्रयोग गर्ने दिशामा सघाउने अपेक्षा गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...