सहमति भए पनि आन्दोलन कायमै : सार्वजनिक यातायात ठप्प, यात्रुको सास्ती अझै बढ्दो

२१ जेष्ठ २०८२, मंगलवार


काठमाडौँ – सरकारसँग ६ बुँदे सहमति भए पनि यातायात व्यवसायीले आन्दोलन नरोकेपछि यात्रुहरू आज पनि सास्ती खेप्न बाध्य भएका छ। देशभर सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। सोमबारदेखि अलपत्र परेका यात्रुहरू सवारीको प्रतीक्षामा रहेका छन् भने काठमाडौँ उपत्यकामा सीमित मात्रामा सञ्चालित साझा यातायात अत्यधिक भीडभाडसहित सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सार्वजनिक सवारी साधन प्रभावित भएका कारण प्रहरीले ७७ वटै जिल्लामा स्कटिङ गरेर गाडी चलाउने व्यवस्था मिलाइरहेको जानकारी दिनुभयो।

सार्वजनिक यातायात नचलेपछि यात्रुहरू राइड सेयरिङ सेवामा निर्भर हुनुपरेको छ। यद्यपि ती सेवाले सामान्यभन्दा दोब्बर भाडा असुलिरहेको यात्रुहरूको गुनासो छ। सामान्य अवस्थामा २५० रुपैयाँ लाग्ने दूरीमा अहिले ४०० रुपैयाँसम्म तिर्नुपरेको उनीहरूको भनाइ छ।

सरकार र व्यवसायीबीच सोमबार राति भएको ६ बुँदे सहमतिको मुख्य विषय गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली हो। सो नियमावलीले रातो नम्बर प्लेट भएका निजी सवारीसाधनलाई यात्रु बोक्न दिने प्रावधान राखेकाले त्यसविरुद्ध व्यवसायीहरू आन्दोलित छन्।

सहमतिको क्रममा सरकारले सो नियमावली पूर्ण कार्यान्वयनमा नल्याउन गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने र संघीय कानुन तर्जुमा नभएसम्म नियमावली स्थगनको सिफारिस गर्ने उल्लेख छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिलो बुँदा पूर्ण रूपमा कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो। उहाँले सो निर्णयको प्रतिक्षामा आन्दोलन जारी राखिएको र गण्डकी प्रदेश सरकारले नियमावली फिर्ता लिने निर्णय गरेपछि मात्र आन्दोलन स्थगन हुने बताउनुभयो।

सरकारले भने सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेको र समस्या समाधान हुने दाबी गरेको छ। सरकारी वार्ता टोलीका संयोजक कृष्णराज पन्थले आज अपराह्नसम्ममा निकास आउने विश्वास व्यक्त गर्नुभएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...