रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


रामेछाप, मन्थली । प्रेस सेन्टर नेपाल, बागमती प्रदेशको आयोजनामा तथा बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा रामेछापको सदरमुकाम मन्थलीमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर खड्काले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै उपप्रमुख खड्काले पत्रकारिता क्षेत्रमा रहेका विविध चुनौती र अवसरहरूबारे प्रकाश पार्नुभयो। उहाँले डिजिटल युगमा सूचनाको प्रवाह तीव्र भए तापनि गलत सूचना र भ्रामक प्रचारको जोखिमसमेत बढिरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रलाई मर्यादित, व्यवस्थित र उत्तरदायी बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र सहकार्य अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले पत्रकारिता सुदृढ बनाउन नीतिगत स्पष्टता, नियमित तालिम, पर्याप्त स्रोत साधन र संरचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले स्थानीय तहमा सूचना पहुँचको अभाव, स्रोत साधनको कमी, र क्षमता अभिवृद्धिको अभावले जिम्मेवार पत्रकारिता गर्न कठिन भइरहेको गुनासो गरे। साथै, वर्तमान अवस्थामा पत्रकारिता क्षेत्रमा आत्ममूल्यांकन, नयाँ सोच र कार्यशैलीको आवश्यकता रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले पत्रकारितालाई जनताको पक्षमा बलियो बनाउनेतर्फ जोड दिनुपर्ने बताए।

केही सहभागीहरूले पत्रकारहरू जनताको सरोकार भन्दा पनि व्यक्तिगत लाभ र पहुँचको राजनीतिमा लिप्त भइरहेको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सुधार गर्न गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रम सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...