घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

१८ जेष्ठ २०८२, शनिबार

रामेछाप । घरेलु कच्चा पदार्थ खोस्टा र परालबाट चकटी, विभिन्न प्रकारका अर्कषक फूल तथा जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
मन्थली नगरपालिका–११ का २० जना महिलाहरुलाई खोस्टाको चकटी र फूल साथै परालबाट जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम वडा कार्यलय संगको सहकार्यमा मन्थली नगरपालिकाले १७ दिन अघि सुरु गरेको थियो उक्क्त तालिम आज सम्पन्न गरेको छ ।
स्थानीय स्रोत साधनको उपयोग गर्दै स्वरोजगार सिर्जना र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले मन्थली नगरपालिकाले उक्त तालिम दिएको हो । “स्थानीय स्रोत साधनको प्रयोग गरी लघु उद्यम विकास कार्यक्रम” अन्तर्गत सञ्चालित तालिममा सहभागीहरूले मकैको खोस्टाबाट चकटी तथा फूल र परालबाट जुत्ता बनाउने सीप सिकेका छन् ।
मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतले सहभागीहरूलाई तालिममा सिकेका सीपहरू व्यवहारमा प्रयोग गरी उत्पादनमा लाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाहरूलाई आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले यस्तो तालिम सञ्चालन गरेको हो । अब तपाईंहरू आफैंले उत्पादन गरेर आम्दानी गर्न सक्नुहुन्छ ।”
उपप्रमुख बस्नेतले नगरपालिकाले भविष्यमा पनि यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै महिलालाई सशक्त बनाउने कार्यलाई प्राथमिकता दिने बताउनुभयो । साथै, उत्पादनलाई बढावा दिन नगरपालिकाको तर्फबाट सकेसम्म सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, मन्थली नगरपालिका–११ का वडा अध्यक्ष भीमबहादुर थापा मगरले तालिममा सिकेका सीपहरूको प्रयोग गरी स्वरोजगारमा लाग्न इच्छुक महिलाहरूलाई वडाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा तयार पारिएका चकटी र जुत्ताहरूको नमुना प्रदर्शनीसमेत गरिएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै उत्पादनको निरन्तरताका लागि यस्ता तालिम नियमित सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...