उमाकुण्डको अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

२८ बैशाख २०८२, आईतवार

रामेछाप । उमाकुण्ड गाउँपालिकाले आयोजना गरेको ‘अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिता’ सम्पन्न भएको छ । शनिवार सम्पन्न खेलमा पुरुष तर्फ चण्डेश्वरी यूथ क्लब प्रिती (उमाकुण्ड) र महिला तर्फ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले जित हात पारेको छ ।
पुरुष तर्फको उपाधि मन्थलीको आकाशे ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलको अन्तरले हराउँदै चण्डेश्वरी यूथ क्लब प्रिती (उमाकुण्ड) विजेता भएको छ भने महिला तर्फ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले उमाकुण्ड ४ प्रीतिलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हातपार्न सफल भएको छ । पुरुष तर्फ जित हात पार्दै चण्डेश्वरी यूथ क्लब प्रितीले नगद १ लाख ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने महिला तर्फ खिजीदेम्बा गाउँपालिकाले जित हात पार्दै नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गएको वैशाख २३ गते देखि २७ गतेसम्म भएको खेलमा पुरुष तर्फ उपविजेता बनेको आकाशे ब्वाइज क्लब मन्थलीले ९० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमहरू हिल भ्यू एफसी रामेछाप र मिलन चोक यूथ क्लब प्रीतिले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै, महिला तर्फ उपविजेता प्रिती–४ ले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला तर्फ तृतीय र चौथो बनेका उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी यूथ क्लब प्रीतिले क्रमशः नगद २०–२० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाको शिक्षा शाखाले जानकारी दिए । गएको सोमबार देखि सुरु भएको प्रतियोगितामा पुरुष तर्फ आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझी र महिला तर्फ उमाकुण्ड ४ प्रीतिका साने वाइवा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले क्रमशः नगद रु ५ र ३ हजारसहित ट्रफी प्राप्त गरेका छन् ।
त्यस्तै पुरुष तर्फ सर्वाधिक गोलकर्ता आकाशे ब्वाइज क्लब मन्थली कै करण खड्का र महिला तर्फ ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर सर्वाधिक गोलकर्ता घोषित भएकी छिन् । पुरुष तर्फका गोलकर्ताले ३ हजार र महिला तर्फका गोलकर्ताले नगद २ हजारसहित ट्रफि प्राप्त गरेका छन् ।
पुरुष तर्फ उत्कृष्ट गोलकिपर तथा खेलको म्यान अफ दि म्याच चण्डेश्वरी यूथ क्लबका निशान थापा मगर घोषित हुँदै खेलाडीहरूले रु ३ हजार नगद सहित ट्रफी र म्यान अफ दि म्याच हुने खेलाडीले नगद रु २ हजार प्राप्त गरेका छन् ।
विजेता खेलाडीहरूलाई पालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधि लगायतको भव्य उपस्थितिमा नगद पुरस्कार राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । उनले खेलकुदलाई पालिकाले अभिन्न अंगको रूपमा लिएको धारणा राख्दै अनुशासित र मर्यादित खेलाडीहरू उत्पादनमा जोड् दिएको बताए । उमाकुण्ड गाउँपालिकाको प्रायोजन, ४ नं वडा कार्यालयको सह–प्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ४ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो ।
महिला तर्फ उत्कृष्ट गोलकिपर भुजीकी झरना नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी यूथ क्लबकी गोलकिपर सलिना खुलाल घोषित भएका छन् । उनीहरूले क्रमशः रु २ हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...