पैसा माग्न अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्न रामेछाप नगरपालिकाको माग

रामेछाप । रामेछाप नगरपालिकाले पैसा माग्न अनावश्यक भ्रम फैलाउने जो कोही भए पनि कार्वाहि गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।  प्रेस विज्ञप्तिमा भनेको छ “धम्कीपूर्ण भाषा प्रयोग गरी पैसा माग्ने र  पैसा दिन नसक्ने भने पछि अनावश्यक भ्रम फैलाउने गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गर्ने जो कोही व्यक्ती भएपनी कानुन अनुसार छानबिन गरी कारबाही गर्न माग गरेको छ । 

विज्ञप्तिमा भनिएको छ“ यज्ञ ढकाल नाम गरेको एक जना व्यक्तिले मोबाइल नं. ९८५११०१२८५ बाट मिति २०८२ वैशाख २० गते बेलुकी ६ः०५ बजे नगरप्रमुखलाई फोन गरी रु ५० हजार माग गरेको थियो । नगर प्रमुख लबश्री न्यौपानेले उक्त रकम दिन नसक्ने जानकारी गराएपछि नगर प्रमुखलाई अख्तियारमा उजुरी गर्ने लगायतका विभिन्न धम्कीपूर्ण भाषा यज्ञ सापकोटा नाम गरेका व्यक्तिले सो मोबाइल नम्बर बाट प्रयोग गरेका थिए ।

 सोही समयको आसपासमा नगरपालिकाले गरेका विकास निर्माण लगायतका कार्यहरूका सम्बन्धमा प्रश्न चिन्ह खडा गरी जनमानसमा भ्रम फैलाउने गरी सूचना  सार्वजनिक गरेको भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ “ उक्त मितिमा निज र नगर प्रमुख बिच भएको टेलिफोन सन्वादको कल डिटेल समेत निकाली सम्बन्धित निकायबाट छानबिन गरी प्रचलित कानुन बमोजिम निजलाई कानुनी दायरामा ल्याउन नगरपालिका जोडदार माग गर्दछ । यस्ता खालका कुनै पनि प्रकारका निराधार र तथ्यहीन समाचारको विश्वासमा नपर्न साथै यस्ता गलत खालका समाचारहरू सुन्नमा आएमा नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि तथा कर्मचारीसँग आधिकारिक रूपमा बुझेर मात्र समाचारहरूको सम्प्रेषण गर्न र प्रतिक्रिया जनाउन समेत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ  विज्ञप्तिमा भनेको छ” ।

प्रेस विज्ञप्तिमा भनेको छ “नगरपालिकालाई पोषणमैत्री नगर घोषणा गरिन लागेको सन्दर्भमा दूध, फुल, मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आ.व.२०८१÷०८२ मा उन्नत भैँसी प्रवर्द्धन कार्यक्रमका लागि नगरपालिकाबाट रु ३५ लाख बजेट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट वडा नं २ र ३ का लागि सशर्त अनुदान अन्तर्गत सोही कार्यक्रममा रु १०÷१० लाख बजेट प्राप्त भएको हुँदा मिति २०८१÷ पौष ३ गते नगरपालिका बाट सूचना प्रकाशन गरी प्रस्ताव माग गरिएकोमा तोकिएको समय भित्र प्राप्त आवेदन उपर रामेछाप नगरपालिकाको उन्नत भैँसी प्रवर्द्धन कार्यविधि, २०८१ बमोजिम स्थलगत अनुगमन गरी नगर तर्फ ६२ जना र प्रदेश तर्फ २३ जना छनौट भएका व्यावसायिक कृषकहरूलाई मिति २०८१ चैत्र ०१ गते सम्झौताका लागि सूचना प्रकाशित गरिएकोमा मिति २०८२ वैशाख १६ गते तोकिएको म्याद भित्र सम्झौता गरी स्वयं कृषकले भैँसी खरिद गरी बिमा अभिलेखको आधारमा ५०५ लागत साझेदारी गर्ने गरी कार्यक्रम कार्यान्वयनमा रहेको एवं सो कार्यक्रमको भुक्तानीका लागि हाल सम्म कुनै पनि कृषकहरूले आवश्यक कागजात पेस गरिनसकेको हुँदा भैँसी प्रवर्द्धन कार्यक्रममा हालसम्म कुनै पनि रकम भुक्तानी नगरिएको जनाएको छ ।

त्यस्तै डिपिआरका सम्बन्धमा नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत भनेको छ चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका वडा नं ८ स्थित झगरेचौर मेलमिलाप पार्क डिपिआर निर्माणका लागि राजविराज नगरपालिका वडा नम्बर ११, सप्तरीका कृष्णा टेण्ट हाउस र राज्यलक्ष्मी कन्सल्टेन्सीलाई ४,९२,६८०.२० (मु.अ कर सहित) मिति २०८१ फागुन १९ मा कार्यादेश दिइएकोमा उक्त कन्सल्टेन्सीबाट डिपिआरको काम भइरहेको र हाल सम्म कुनै रकम भुक्तानी नभएको । उक्त योजना भन्दा बाहेक अन्य कुनै पनि योजनाको लागि चालु आर्थिक वर्षमा डिपिआर नगरिएको भनी विज्ञप्ति जारी गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...