खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ बैङ्कको सहयोग

१५ बैशाख २०८२, सोमबार

रामेछाप । खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थली शाखाले सहयोग गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयलाई आइतबार मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थलीले २ हजार मिटर पाइप र पानी सङ्कलन गर्न १ हजार लिटरको २ वटा ट्याङ्की विद्यालयलाई हस्तान्तरण गरेको हो ।

 विद्यालयमा खानेपानी सुविधा नहुँदा विद्यार्थी र शिक्षकले समस्या भोग्न परेको गुनासा आए सँगै बैङ्कका टोली विद्यालयमै पुगेर खानेपानी प्रबन्धको लागी आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको बैङ्कका शाखा प्रमुख बद्री रिमालले जानकारी दिए । रिमालले विद्यालयमा खानेपानी समस्या रहेको भन्ने खबर प्राप्त भए सँगै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा खानेपानीको लागी आवश्यक सहयोग गरेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक खिल बहादुर कार्कीले भने “विद्यालयले विगत लामो समय देखि खानेपानीको अभाव झेल्दै आएको थियो । आज मुक्तिनाथ विकास बैङ्कले ठुलो सहयोग गरेको छ । खानेपानी नहुँदा शिक्षक विद्यार्थी शौचालय जान समेत घर बाट पानी लिएर आउन बाध्य थियो । अब बैङ्कले सहयोग गरेको पाइप र ट्याङ्कीले उक्त समस्याको अन्त्य हुनेछ ।” 

विद्यालयलाई ट्याङ्की ,धारा तथा पाइप सहयोगले विद्यालयमा सुरक्षित खानेपानीको पहुँच र शौचालयमा पानीको व्यवस्था हुने भन्दै प्रअ कार्कीले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । भविष्यमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहोस् भन्ने आशा राखेको उहाँले बताउनु भयो ।

मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय रामेछापका प्रमुख बद्री रिमाल,मानव मिलन नारी जागरण संस्थाका प्रतिनिधि एवं समाजसेवी सन्देश घिमिरे,पत्रकार, शिक्षक, अभिभावक सहितको उपस्थितिमा उक्त समाग्रीहरु हस्तान्तरण गरिएको हो । सेतीदेवी आधारभूत विद्यालय मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थली रामेछापले विद्यालयमै पुगेर खानेपानी प्रबन्धको लागी आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको हो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...