कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने


ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ ।


इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गर्न लागेको हो । सो सभाको सभाध्यक्ष इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर र प्रमुख अतिथी नेपाल भाषा अकाडेमीका चान्सलर तथा लेखक मल्ल के सुन्दर हुने छन् ।


नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी सो पुरस्कार दिने निर्णय गरेको इन्ष्टिच्यूटले जनाएको छ । जीवनभर इतिहास, संस्कृति, धर्म, दर्शनको अनुसन्धानमा सक्रिय जोशीले त्यस कार्यमा लाग्नेहरुलाई चार वर्षदेखि पुरस्कार दिँदै आएको छ । गत वर्ष कदम पुरस्कार साहित्यकार तथा कवि मोहन दुवाल र प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठ हरिराम जोशी पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको नगद राशि २५ ÷ २५ हजार रहेको छ ।


अभिलेखविद् राजवंशी नेपालको पुरातत्व, लिपि, संवत् र इतिहासको क्षेत्रका गहन अनुसन्धानकर्ता हुनुहुन्छ । पुरातत्वविद् समेत रहेका राजवंशीका बुबा शंकरमान राजवंशीको संगत र स्वाध्यायनबाटै अभिलेखविद् बनेका राजवंशी नेपाली इतिहास लेखनमा तथ्यसहित फरक राख्ने इतिहासकार हुन् । २०४० सालमा लिपिविद्का रूपमा पुरातत्व विभागमा प्रवेश गरेका राजवंशीले ३५ वर्षको अवधिमा ३० भन्दा बढी लिच्छविकालका अप्रकाशित शिलालेखको अध्ययन गरी इतिहासका तथ्यहरु उजागर गरेका थिए । यही विषयमा उहाँले त्रिभुवन विश्वविद्यालयबाट विधावारिधि गरेको थियो।


त्यसैगरी शहरी विकास योजनाकार समेत रहेका जोशी काठमाडौं उपत्यकाका हिटी प्रणालीका अध्येयता हुन् । ।हिटी प्रणाली भनेको उपत्यकाको सम्पन्न जल व्यवस्थापन प्रणाली हो।जोशीको प्रकाशित हिटी प्रणाली पुस्तकमा किराँत र लिच्छिवीकालदेखि प्रचलनमा रहेको काठमाडौं उपत्यकाको विभिन्न बस्ती र ठाउँमा रहेको पोखरी त्यसले समग्र पर्यावरसंगै हिटी अर्थात् ढुंड्डेधाराको पानी रिचार्जमा प्रक्रियामा पु¥याएको असर विषयमा समेटिएका्े छ । सो पुस्तक ढुंगेधारा र उपत्यकाको पानी प्रणाली संरक्षणको दस्तावेजका रूपमा मात्रै नरहेर लोप भएका सम्पदा पहिचान गर्ने स्रोतसमेत रहेको छ ।

सो इन्ष्टिच्यूट संस्कृति शिरोमणी हरिराम जोशीले आफ्ना बुबा भारतराम जोशीको स्मृतिमा २०३७ सालमा स्थापना गरेका थिए । सो इन्ष्टिच्यूटका नेपाली संस्कृति, इतिहास, धर्म सम्बन्धी ४० वटा भन्दा बढी पुस्तक प्रकाशित छन्। वि.सं २०५९ मा हरिराम जोशीलाई मदन पुरस्कारका लागि छनौट गरिएको पुस्तक अभिनव संस्कृति कोष पनि सो इन्ष्टिच्यूटले प्रकाशित गरेको थियो।इन्ष्टिच्यूटबाट ३१ वर्षसम्म अनुसन्धात्मक त्रैमासिक जर्नल रोलम्ब प्रकाशित भएको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...